आज मंसिर ५ गते आइतबार, कस्तो छ तपाईंको राशिफल ?

वि.सं.२०७८ साल मंसिर ०५ गते । आइतबार। तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :-

पतिपत्नी बीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्नेछ । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-

नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):-

सामान्य काममा अल्झने समय रहेको छ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाईलेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यावासायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-

बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-

पढाईलेखाईमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । नविन विचारको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान गरिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-

नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन्

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-

स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछी परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाईलेखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । मायाप्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवनसाथिसँग ठाकठुक पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-

तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :-

मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरु स्वत समाधान हुने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-

लामो समयदेखी थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाईलेखाईमा पहिले भन्दा सुधार भएर जानेछ भने अली बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-

समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुने समय रहेको छ । मायाप्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुनेछ भने जीवनसाथिसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-

मायाप्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धी कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।