आज कार्तिक २९ गते सोमबार, कस्तो छ तपाईंको राशिफल ?

वि.सं.२०७८ साल कार्तिक २९ गते । सोमबार । ईश्वी सन् २०२१ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४२ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ५१ पला । पञ्चक, हरिवोधनी एकादशीव्रत, भीष्मपञ्चकारम्भ,खोटाङवराहपोखरी, वराहक्षेत्रधर्मीक मेला प्रारम्भ, तुलसी विवाह, मकवानपुर भैसे त्रिखण्डेश्वर महादेव मेला । तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :-

धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यावसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाईलेखाईमा अली बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-

पछिसम्म फाईदा हुने व्यापार व्यावसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तिब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा बित्तिय पेशासँग सम्बन्धीत कामहरुबाट आम्दानी बढाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने जीवनसाथिसँग थप आत्मिय भाव बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):-

स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारीसाधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होईनेछ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाईलेखाईमा भने बिद्यार्थी बर्गहरुले अली बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-

पढाईलेखाई बिद्यार्थीहरुले राम्रो प्रगती गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । मायाप्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-

आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-

व्यापार व्यावसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवनसाथिसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । मायाप्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राय बाजिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-

राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको धनले सत्रुता बढाउनेछ । धन सम्पती हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-

सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :-

राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-

समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धी प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-

परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाईमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्नेलेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-

सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।

[sidebar name="button post"]