आज कार्तिक ६ गते शनिबार, कस्तो छ तपाईंको राशिफल ?

वि.सं.२०७८ साल कार्तिक ०६ गते । शनिबार। तपाईंको आजको राशिफल

मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:-

व्यावसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पती संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै कामहरु गर्न सकिनेछ ।

बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:-

अध्ययन तथा प्रतिस्पर्धामा तपाईंको नाम एक कदम अगाडी आउनेछ। प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैंतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वासको वातावरण सिर्जना हुनेछ ।

मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:-

सामान्य काममा अल्झने समय रहेको छ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाईलेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यावासायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :-

अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:-

पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाईलेखाई अरुभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिने छ । प्रेममा नजिक हुने समय रहेको छ ।

कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:-

नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्नेछ । पढाईलेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उउपस्थितले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।

तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:-

आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:-

व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेको छ । पढाईलेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । मायाप्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहनेछ । पाहुना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ ।

धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:-

बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ ।

मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:-

मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवनसाथिले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।

कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:-

घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्नेलेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनका नाँफा कमाउन सकिनेछ ।

मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:-

उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।