यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट

२८ असोज, काठमाण्डौ । मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोष्ट । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

आवश्यक सामग्री: चिकेन आवश्यकताअनुसार
तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन, अदुवाको पेस्ट
कागती
अण्डा

बनाउने तरिका: मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने ।

पकाउँदा भाँडामा तेल तातेपछि त्यसमा म्यारिनेट गरेर राखेको मासु हाल्ने । केही समयपछि खैरो हुँदै गएपछि त्यसलाई फकाएर पकाउने र रोस्ट खान तयार हुन्छ ।