आज वि. सं. २०७८ असोज २१ गते। बिहीबार । तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । व्यवसायिक छोटो यात्रा हुनेछ । नयाँ काममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
शुभ कार्यमा सरिक बाईनेछ । खानपिनमा रमाइलो मिल्नेछ । मीठो बाेली बिक्नेछ । धन लाभको योग पर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):
चिताएको कामले तीव्रता लिनेछ । नयाँ काममा खर्च हुनेछ ।स्वास्थ्यमा प्रगति हुनेछ । परिवारसँग रमाइनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कृषि काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति वेहोर्नु पर्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
लगनशीलताले कामहरू अगाडि बढ्नेछन । किनमेलमा खर्च हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):
अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।ठुलाबडाले साथ दिनेछन् । सामाजिक काममा चर्चा मिल्नेछ । सरकारी साथपाइनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):
जोश,जाँगर र उमङ्ग बढ्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।सामाजिक अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):
आज बित्तिय संस्था बाट सहयोग पाईनेछ ।आम्दानीले साथ दिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
आज धर्म,कर्ममा रुची बढ्नेछ । घरायसी काममा विवाद हुनेछ । पैतृक धनको अशान्तिले पिर्नेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।











