आज २०७८ असोज १७ गते। आइतबार। तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा खर्च हुनेछ। झमेलाबाट मुक्त भइनेछ। आफन्तसँग वादविवाद हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कला संगीतमा रुचि बढ्नेछ। मिठो खानपिनमा रुचि जानेछ। ठुलाबडाको साथ मिल्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):
यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आलस्यताले काम अधुरो हुनेछ। घरायसी कुराले पिरोल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
आज गरेका काममा ढिलासुस्ती हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ। छोटो रमाइलो यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । व्यापारमा धनको वृद्धि हुनेछ। वैदेशिक कुराले खुसी बढ्नेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साथिभाइको साथ मिल्नेछ। घरायसी काम फटाफट बन्नेछ। मनोरन्जनमा दिन वित्नेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):
आज लाभदायक यात्रा हुनेछ ।धनको फाइदा अरुलाइ मिल्नेछ। स्वास्थ्यमा बढी खर्च हुनेछ। सरसामान हराउन सक्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
आज आलस्य र थकानको अनुभूति हुनेछ । कृषिबाट फाइदा मिल्नेछ। पशुचौपायबाट आम्दामीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन्।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
विद्या र नयाँ ज्ञान बढ्नेछ ।पुरानो कारोवार मिल्नेछ। रोजगारीको लाभ पाइनेछ। आपसी रमाइलोमा दिन वित्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ। वैदेशिक काममा जस पाइनेछ। यात्राको योग पनि छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । कामको थालनीमा समस्या आउनेछ। शंकाले तनाव बढ्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
कृषि कार्यबाट लाभ मिल्नेछ । पारिवारिक एवं प्रेममा प्रगति हुनेछ। नयाँ मित्रता सम्बन्ध थपिनेछ। कुटुम्बको साथ बढ्नेछ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।











