Ad #144479

आज वि.स. २०७८ साल असाेज १६ गते। शनिबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । स्त्रीपक्षबाट सहयोग आउनेछ। व्यवसायिक यात्रा हुनेछ। जोस र जाँगरले कार्य सफल हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुटुम्ब सुख मिल्नेछ। पूरानो लगानीमा प्रगति देखिन्छ। मीठो खाने लालसा बढ्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):

अनावश्यक खर्च बढ्न सक्छ । खुशीयाली मनमा बढ्नेछ। कला संगीतमा सफलता मिल्नेछ। जिम्मेवारीमा जस मिल्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

रोकिएका काम पुनः सुरु हुन सक्छन् । अनावश्यक खर्च बढी हुनेछ। बेकारमा भार बेहोर्नुपर्नेछ। साथिभाइमा सरसापटमा धन जानेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

चिताएको कामले तीव्रता लिनेछ ।पशु चौपायाबाट फाइदा हुनेछ। सवारीसुखमा मोह बढ्नेछ। कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ।राजनीतिक मोह पलाउनेछ। नेतागणसँग सम्बन्ध बढ्नेछ। कला र क्षमताको कदर मिल्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

वैदेशिक यात्राको अवसर मिल्नेछ । भाग्यले साथ दिनेछ। विदेशबाट सहयोग आउनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

धनको क्षति हुनेछ। काममा बाधा देखिन्छ। स्वास्थ्यमा समस्या आउनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

आँटेको र ताकेको कार्य पूरा होला । पतिपत्निबीच मेलमिलाप रहन्छ। साझेदारीमा फाइदा मिल्नेछ। माया पिरती अघि बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

जग्गा खरिद विक्रीका लागि तपाईंको आजको दिन शुभ हुनेछ ।प्रतिस्पर्धामा जीत हुनेछ। पदप्रतिष्ठाको विषयमा विवाद हुनेछ। पराइको सहायतामा धन जानेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा पहुँच हुनेछ। अध्ययनको चिन्ता थपिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मानसिक अशान्ति बढ्नेछ। आफन्तले धोका दिनेछन्। वादविवादले मित्रता टुट्नेछ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको आजको दिन शुभ रहोस्।