वि.सं.२०७८ साल असोज १२ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । आज काठमाण्डौमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
सामाजिक प्रशंसा मिल्नेछ । समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
विदेशको काम बन्नेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउदा भविस्यमा आम्दानी भईरहनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने मायाप्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):
समय मध्यम रहेकोले व्यापार व्यवसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
पढाईलेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पार्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा बढि नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्वन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाईलेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्ने छ भने धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाईलेखाईको सवालमा शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलव्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
समय तथा परिस्थिती अनुसार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । मायाप्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
व्यापारमा साझेदारहरुबीच मनमुटाब बढ्ने हुनाले सम्ययम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाईलेखाईमा सहपाठी हरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
विद्या स्थानमा गोचर गर्ने चन्द्रमाले पढाईलेखाईमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनिहरुको प्रगतिमा मन रमाउँनेछ । मनमुटुमा राखेको मानिसबाट उपाहार प्राप्त हुदा तपाईभन्दा खुसि अरु कोहि हुने छैनन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारीसाधन सम्वन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेको छ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











