वि.सं.२०७८ साल असोज ११ गते । सोमबार । आज काठमाण्डौमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्ने छ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । अध्ययन तथा प्रतिस्पर्धामा तपाईंको नाम एक कदम अगाडी आउनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैंतिर ल्याउन सकिने छ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वासको वातावरण सिर्जना हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
प्रशासन तथा राज्य पक्षसँग सम्बन्धीत काम गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले ईज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाईलेखाईमा मन नजाँदा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने जीवनसाथिसँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । मायाप्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाईलेखाई अरुभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
आकस्मिक धन सम्पती प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पती हात लाग्ने योग रहेको छ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगती हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
व्यक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाईलेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछी परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिने छ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यावसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानि गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउंदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पतिमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्नेलेख्ने काममा खासै मन जाने छैन । घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनका नाँफा कमाउन सकिने छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।











