Ad #144479

वि.सं.२०७८ साल असोज ०५ गते । मंगलबार । तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेको छ । बिदेसमा बसेर पेशा व्यावसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहने छ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिने छ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिने छ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यावसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्नेलेख्ने काममा खासै मन नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

व्यावसायकै सन्द्रर्भमा लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अबिश्वास गरेपनि अन्तत बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने बिदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

बिभिन्न कारणले पढाइ लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदारहरुबीच मतभेद बढ्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । भौतिक सम्पति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा नजिक हुँदा बिवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको बिकास हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नया काम पाउने योग केही दिनको लागी टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जना गर्नेहरु सक्रिय रहनेछन् । पढाईलेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):

अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिने छ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिने छ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):-

गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गरे पनि नाँफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । मायाप्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।