आज भदौ २८ गते सोमबार, कस्तो छ तपाईंको राशिफल ?

वि.सं.२०७८ साल भदौ २८ गते । सोमबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन्। नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने कामको चापले शरिरमा थकाईको महशुष हुनेछ । साँझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने पढाईलेखाईमा सुधार भएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

व्यवसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । पढाईलेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । मायाप्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहनेछ । पाहुना लागेर कतै जाँदा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडी बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

लामो समयदेखी थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाईलेखाईमा पहिले भन्दा सुधार भएर जानेछ भने अली बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्यम रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाईलेखाईमा बिभिन्न कारणले समय दिन सकिने छैन । सवारीसाधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

उद्योग तथा उत्पादन मुलक व्यवसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीतसंगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

आत्मबिश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । निति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाईलेखाई तथा प्रतिष्पर्धिमा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाईलेखाईमा मन जाने छैन भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवनसाथिसँग मनमुटाब बढ्ने योग रहेको छ । तरपनि लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुशि हुनेछन् । नयाँ प्रेम प्रस्ताब आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेको छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।