आज २०७८ साल भदौ १९ गते शनिबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल भदौ १९ गते । शनिबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ ।सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

शत्रु परास्त हुने छन् । सन्तानबाट सहयोग प्राप्त हुनेछ । उद्योग तथा व्यापार व्यवसायमा ध्यान नदिँदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहाेला । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरू लाभ हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

काममा खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):

व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायमा घाटा लाग्न सक्छ । धर्म कर्ममा मन जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

दिदी बहिनीसँग मनमुटाब बढ्ने योग रहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाब सिर्जना हुनेछ । विलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । गोप्य कुराहरू बाहिर आउने अधिक सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

व्यावसायिक योजना बन्नेछ । विद्यामा सफलता पाउन निकै मेहनत गर्नुपर्ला । आफन्तबाट उपहार प्राप्तिको योग रहे पनि टरेर जानेछ ।

राशिफलले जे जस्तो भनेपनि आजको तपाईंको दिन शुभ रहोस्।