आज भदौ ७ गते सोमबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल भदौ ७ गते। सोमबार। तपाईंको आजको राशिफल

मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):

तपाईंको दिन मित्र र सामाजिक कार्य पछाडी भागदौडमा बित्नेछ। पैसा खर्च हुन सक्ला। नयाँ मित्रसँग पहिचान होला। सरकारी कार्यमा सफलता प्राप्त होला। ताध बस्ने सन्तानसँग सम्बन्ध सुमधुर रहनेछ। आकस्मिक धन लाभ होला।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):

तपाईंको दिन शुभ फलदायी छ। विशेषगरी व्यवसाय गर्ने व्यक्तिको लागि दिन लाभदायी रहनेछ। व्यवसायमा पद्दोन्नति हुने योग छ। कार्यालयमा उच्च अधिकारीको सहयोग प्राप्त होला। पारिवारिक जीवनमा सुख र सन्तोष प्राप्त होला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह):

तपाईंको दिन प्रतिकुल रहला। मानसिक रुपले शिथिल अनुभव होला। कार्य गर्न उत्साह रहने छैन। व्यवसायिक स्थलमा उच्च अधिकारी र सहकर्मचारीको व्यवहार नकारात्मक रहनेछ। सन्तानसँग मतभेद अथवा उनीहरुको चिन्ताले निराश रहनुहुन्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):

वैचारिक रुपले नकारात्मकता छाईरहनाले दिनभर शारीरिक र मानसिक रुपले अस्वस्थता बनिरहनेछ। त्यसैले नकारात्मकताबाट टाढा रहन तयार हुनुहोला। अधिक खर्च होला। सरकार विरोधि प्रवृत्तिबाट टाढा रहनुहोला।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे):

श्रीमान-श्रीमतीबीच झगडा हुँदा दाम्पत्य जीवनमा खल्लो रहला। दुवैको केहि कारणले स्वास्थ्य खराब होला। सांसारिक तथा अन्य प्रश्नको कारण मन उदासीन रहला। अदालती मामिलाबाट टाढा रहनुहोला।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो):

व्यवसायिक क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ। सहकर्मचारीको सहयोग प्राप्त होला। पारिवारिक वातावरणमा सुख अनुभव होला। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुन्छ रोगी व्यतीको स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक लाभ होला।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते):

वैचारिक रुपले विशालता र बोलीको मधुरताले अन्य व्यक्तिलाई प्रभावित गर्न सक्नुहुनेछ। परिश्रमको तुलनामा परिणाम सन्तोषजनक प्राप्त हुनेछैन। साहित्य लेखनको प्रवृत्ति अभिरुचि बढ्नेछ। कार्यमा सम्हालेर अगाडी बढ्नुहोला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु):

आफन्तसँगको सम्बन्धमा सावधान रहनुहोला। शारीरिक र मानसिक रुपले अस्वस्थताको कारण निराश रहनुहुन्छ। पारिवारिक जीवन झगडामय रहला। मनमा प्रसन्नता अभाव रहनाले अनिन्द्राले सताउनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे):

शारीरिक र मानसिक रुपले स्वास्थ्य राम्रो रहला। नयाँ कार्यको शुभारम्भ गर्नको लागि समय अनुकुल छ। आफन्तसँग आनन्दमय बिताउनुहुनेछ। मित्र र आफन्तसँग भेट हुँदा हर्षित रहनुहुन्छ। प्रतिस्पर्धीलाई पराजित गर्न सक्नुहुन्छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी):

तपाईंको दिन मिश्र फलदायी छ। परिवारसँग गलत धारणा हुन सक्ला। स्वास्थ्यको विषयमा ध्यान राख्नुहोला। घरमा असन्तोष भावना रहला। विधार्थीको अभ्यासमा रुचि रहनेछैन। आध्यात्मिकता शान्तिदायी सिद्द हुनेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द):

आर्थिक दृष्टिकोणले दिन लाभदायी छ। पारिवारिक वातावरण आनन्दमय रहला। मित्र र परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुन्छ। पर्यटनको आनन्द उठाउन सक्नुहुन्छ। आध्यात्मिकताको आश्रय लिएर वैचारिक नकारात्मकतालाई टाढा गर्नुहुन्छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची):

आर्थिक दृष्टिकोणले दिन लाभदायी छ। पारिवारिक वातावरण आनन्दमय रहला। मित्र र परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुन्छ। पर्यटनको आनन्द उठाउन सक्नुहुन्छ। आध्यात्मिकताको आश्रय लिएर वैचारिक नकारात्मकतालाई टाढा गर्नुहुन्छ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।