मोटोपना घटाउने घरेलु तरिका

मोटोपनका शिकार भएकाहरु जसरी पनि आफ्नो तौल घटाउने ध्याउन्नमा हुन्छन् । यसकालागि कतिपयले बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउने सोचमा रहन्छन् । तर ध्यान रहोस् यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

बोसो घटाउन प्राकृतिक तरिका अपनाउनु नै लाभदायक हुन्छ ।

१. ग्रीन टी: पछिल्ला केही वर्षयता नेपालीहरु माझमा ग्रिन टीको लोकप्रियता निकै छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरको अतिरिक्त बोसो हटाउन सहयोग गर्दछ ।

२. दालचीनी: केहि दिनमै तौल घटाउन चाहानुहुन्छ भने दालचीनीको उपाय फाइदाजनक हुन्छ । बिहानीको खाजाअघि र सुत्नुभन्दा पहिले एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर दैनिक दुई पटक पिउँदा केही दिनमा मोटोपन घट्ने गर्दछ ।

३. केरा : केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले मोटोपनाका साथै फास्ट फूडको लतलाई कम गर्दछ । जसका कारण तौल कम गर्न मद्धत पुग्दछ ।

४. लसुन : प्राकृतिक एन्टी बायोटिक लसुनले सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । यसले शरिरमा बोसोलाई जम्मा हुन नदिने हर्मोनलाई सक्रिय बनाउने काम गर्दछ ।

५. पुदीना : एक कप मनतातो पानीमा पुदीनाका केही पात र इच्छा अनुसार मह मिसाएर पिएमा पेटको बोसो कम हुन्छ ।

६. स्याउ : स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन । यसले तौल कम गर्न मद्दत गर्दछ । एजेन्सीको सहयोगमा