आज श्रावण २९ गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल श्रावण २९ गते । शुक्रबार। तपाईंको आजको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):

आर्थिक र व्यावसायिक दृष्टिले दिन लाभदायक छ । व्यवसायको लागि योजना बनाउन सक्नुहुन्छ। परोपकारको उद्देश्यले गरिएको कार्यले मन प्रफुल्लित हुनेछ । आर्थिक लाभको आशा राख्न सक्नुहुन्छ । बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):

परिश्रमको अनुपातमा अल्प परिणाम मिल्नाले निष्ठापुर्वक कार्यलाई अगाडी बढाउनु हुनेछ । तपाईंको क्षेत्रको विशालता र बोलीको मधुरताले अन्य व्यक्तिलाई प्रभावित गर्न सक्नुहुन्छ । कला तथा पढाई-लेखाईमा रुची रहनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह):

अत्यधिक भावनाशीलले तपाईंको मनलाई संवेदनशील बनाउनेछ । विशेष रुपले जलाशय र स्त्रीवर्गबाट सचेत रहनु पर्नेछ । आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य खराब होला ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):

कार्य सफलाताले नयाँ बाटो देखाउनेछ । यसकारण तपाईंको आनन्द-उत्साह बढ्नेछ । मन ताजा र प्रफुल्लित अनुभव गर्नुहुनेछ । मित्र र आफन्तसँग भेट हुनेछ । कार्यक्षेत्रमा प्रतिस्पर्धी पराजित हुनेछ ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे):

तपाईंको दिन मिश्र फलदायी रहला । कार्य निर्धारित सफलता मिल्नेछैन । परिवारमा मेल-मिलापको वातावरण रहनेछ टाढा बस्ने आफन्तसंग संदेश व्यवहार लाभदायक साबित हुनेछ । आम्दानीभन्दा धेरै खर्च हुन सक्ला ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो):

वैचारिक समृद्धि बढ्नेछ । व्यापार-धन्दाको लाभका साथै सफलता मिल्नेछ । शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला । मित्र एवम आफन्तसँग भेट हुनेछ दाम्पत्यजीवनमा मधुरता रहनेछ ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते):

स्वास्थ्यको विषयमा ध्यान राख्नुपर्ने हुन्छ । मानसिक स्वस्थता कम रहनेछ । अविचारी र मनमानी व्यवहारले समस्या उत्पन्न गर्नेछ । बोलीमा ध्यान राख्नुपर्ने हुन्छ मनोरंजनमा पैसा खर्च हुन सक्ला ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु):

पेसा-व्यवसायको क्षेत्रमा लाभ नै लाभ प्राप्त हुन्छ । यसमा साथै आफन्त र वृद्द्को तर्फबाट लाभ प्राप्त हुन सक्ला । सामाजिक समारोह , पर्यटन जस्ता प्रसंगमा जानुहुन्छ । शरीर र मनबाट निकै प्रफुल्लित रहनुहुन्छ । आयको श्रोत बढ्नेछ ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे):

तपाईको प्रतिष्ठा वृद्दि हुनेछ । कार्यक्षेत्रमा उच्च पदाधिकारी खुशी रहनेछन् । परिवारमा आनन्दमय वातावरण रहनेछ । पिता तथा सरकारको म४३
तर्फबाट लाभ प्राप्त हुनेछ । आर्थिक योजना पूरा गर्न सक्नुहुन्छ ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी):

बौद्धिक कार्य वा साहित्य लेखन प्रवृत्तिको लागि शुभ दिन छ । व्यवसायको क्षेत्रमा प्रतिकुल वातावरण रहला । शारीरिक थकान महसुस हुनेछ । सन्तानको समस्याले चितित रहनुहुन्छ । गलत रुपमा पैसा खर्च होला।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द):

निषेधात्मक कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। झगडा वा विवादबाट बच्नुहोला। पारिवारिक वातावरण कलुषित होला । आर्थिक समस्या अनुभव होला । भगवानको स्मरण र आध्यात्मिकताले मानसिक बोझ हल्का होला ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची):

दैनिक कार्यबाट बाहिर निक्लेर घुमफिरमा दिन बिताउनुहुनेछ । आफन्त तथा मित्रसँग पिकनिकमा जान सक्नुहुन्छ । सिनेमा, नाटक वा बाहर भोजन गर्नको लागि शुभ दिन छ । व्यवसायमा सहयोगीको सहयोग प्राप्त होला । दांपत्यजीवनमा अधिक निकटता स्थापित हुन सक्ला ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।