आज श्रावण २२ गते शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !

आज मिति वि.सं.२०७८ साल श्रावण २२ गते । शुक्रबार। तपाईंको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):

मनमा अनेक कुरा खेल्ने हुँदा निर्णय लिनको लागि समस्या हुनसक्छ । महत्वपूर्ण काममा सफलता मिल्ने योग कमै रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्छ । बौद्धिक वा तार्किक छलफलमा भाग लिने अवसर मिल्ने छ । छोटो यात्राको सम्भावना रहेको छ । विवाद हुनसक्ने हुँदा बोलीमा नियन्त्रण गर्नुहोला ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):

काममा बिशेष सावधानी अपनाउनु होला। नयाँ सुवर्ण अवसर प्राप्त हुनसक्छ । जिद्धि गर्नु भन्दा सावधानी अपनाउनु पर्ने समय रहेको छ । यात्रा सफल हुनेछ। साथि भाइको सहयोग मिल्नेछ । कलाकारहरुको लागि आफ्नो प्रतिभा देखाउने समय रहेको छ । प्रतिस्पर्धीहरुलाई पराजित गर्न सकिने छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह):

आर्थिक दृस्टीले लाभ दाएक दिन रहेको छ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । उत्तम भोजनको आयोजना हुनेछ । नयाँ वस्त्र प्राप्त हुनेछ । परिवार तथा साथि भाइसंग समय रमाइलोमा बित्नेछ । आर्थिक लाभ हुनेछ । नकारात्मक सोच हराएर जानेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):

मन उदास हुनुको साथै मनमा डर पैदा हुनेछ । परिवारमा मतभेदको कारण पारिवारिक वातावरण तनावपूर्ण हुनेछ। मनमा द्विधा रहने छ । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्ने छ । मान हानि हुनसक्ने सम्भावना रहेको छ ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे):

आय वृद्धि हुनेछ । उत्तम भोजन हुनेछ । मित्रहरु संग रमाइलो यात्रा हुनेछ । स्त्री मित्रको बिशेष सहयोग मिल्नेछ । पुत्रको साथ प्राप्त हुनेछ । कामको प्रसंसा बढ्ने छ । वैवाहिक जीवन सुखमय रहने छ । पत्नीको साथ सहयोग मिल्नेछ ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो):

नयाँ कामको योजन बनाउदा पुरा हुने योग बनेको छ। व्यापारी पेशा गर्नेको लागि धन लाभ हुनेछ । ठुला व्यक्तिको सहयोग मिल्ने छ । बाबुको सहयोग मिल्ने छ । स्वास्थ्य राम्रो रहने छ । व्यवसायिक कामले लामो यात्रा हुनसक्छ ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते):

बौद्धिक तथा लेखन कार्यमा मन जानेछ । धार्मिक यात्रा हुनेछ । विदेशमा रहेका आफन्तको शुभ समाचार मिल्नेछ । सहकर्मीको सहयोग मिल्ने छ । सन्तान चिन्ता बढ्ने छ । विवादमा फस्न सक्ने हुँदा सचेत रहनुहोला ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु):

स्वास्थ्यमा समस्या हुनसक्ने हुदा बिशेष सावधानी अपनाउनु होला । पेट र स्वासप्रस्वास सम्बन्धि समस्याले सताउन सक्छ । शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । रिसालाइ नियन्त्रणमा राख्नु होला अन्यथा विवादमा पर्न सकिन्छ । पानीबाट टाढा रहनु होला । खर्च बढ्ने छ ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे):

दिन शुख र शान्तिमा बित्नेछ । साथि भाइसंग रमाइलोमा दिन बित्नेछ । उत्तम भोजन हुनेछ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ र भेट रमाइलो हुनेछ । साथी भाइबाट लाभ हुनेछ । मान-सम्मान बढ्ने छ । उत्तम वैवाहिक शुख प्राप्त हुनेछ ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी):

स्वास्थ्यमा सुधार हुनेछ । आनन्द र शुख प्राप्त हुने योग बनेको छ। परिवारका सदस्य संग समय रामाइलोमा बित्ने छ। शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नुहुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ। सहकर्मीको सहयोग मिल्ने छ ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द):

मानसिक तनाव बढ्नाले कुनै निर्णय लिन सक्नु हुनेछैन । यात्राको समयमा विभिन्न समस्याको सामना गर्नु पर्नेछ । निर्धारित समयमा कम नसकिदा मन उदास हुनेछ । पेटको समस्याले सताउन सक्छ । सन्तान शुख मिल्नेछ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची):

शरीरमा जोस जाँगर कम हुनेछ । आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त संग विवाद हुन सक्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनेछ । मान हानिको सम्भावना रहेको हुँदा सचेत रहनु होला । स्त्री मित्रबाट सहयोग मिल्नेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।