भोलि श्रावण १४ गते बिहिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !

भोलि मिति वि. सं. २०७८ साल श्रावण १४ गते। बिहिबार । तपाईंको भोलिको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनु हुनेछ। चिसोबाट बचेर रहनुहोला । धार्मिक कार्यमा खर्च हुनेछ । व्यापारमा ठगि हुनसक्छ सचेत रहनू होला । आमाको स्वास्थ्यमा समस्या आउनसक्छ । निर्णय लिने शक्ति कमजोर हुँदा दुबिधामा परिने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

व्यापारमा वृद्धि हुनेछ । आफन्त तथा परिवारसँग दिन रमाइलोमा बित्नेछ । व्यापारमा लभ हुनेछ । रमाइलो यात्रा हुनेछ । महिला वर्गबाट लाभ हुनेछ । जीवन साथीसंगको प्रेम तथा लगाव बढ्नेछ । साथी भाइ तथा ठुला व्यक्तिबाट लाभ हुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

गरेका कार्यहरु सफलतापूर्ण सम्पन्न हुनेछ । घर कार्यालयमा अनकुल समय हुदा मन प्रशन्न हुनेछ । मान सम्मान बढ्ने छ । आफूभन्दा ठुलाको सहयोग मिल्नेछ । गृहस्ती जीवन आनन्दमय हुनेछ । उत्तम संसारिक शुख प्राप्त हुनेछ । काममा भएको अवरोध हट्ने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुनहुनेछ । भाग्य वृद्धि हुनेछ । वैदिशिक शुभ समाचार मिल्नेछ । धार्मिक यात्रा हुनेहुदा मन प्रशन्न हुनेछ । परिवार संगको सम्बन्ध सुमधुर हुनेछ । वैदिशिक योजना बनाउन शुभ समय रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

स्वास्थ्यको बिषेस ध्यान दिनुहोला । खर्च बढ्न सक्छ । साथि भाइको सहयोग मिल्नेछ । परिवारको सदस्यसँग विदाद हुनसक्छ । घर बाहिर खाना खानाले स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा नकारात्मक विचारको हाबी हुनसक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

सामाजिक कार्यमा लाभ हुनेछ । स्त्री वर्गबटा लाभ हुनेछ । दाम्पत्य जीवनमा शुख छाउने छ । नयाँ वस्त्र प्राप्त गर्ने योग बनेको छ । विपरित लिंगी प्रति आकर्षण बढ्नेछ । पार्टनरमा गरेको काममा विवाद हुनसक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

नोकरी पेशा गर्नेको लागि अत्यन्तै शुभ दिन रहेको छ । प्रतिस्पर्धीहरुको अगाडि विजय भइने छ । स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक चर्चा बढ्नेछ । पढाईमा सफलाता मिल्नेछ । परिश्रमको फल प्राप्त हुनेछ । सन्तानको शुभ समाचार मिल्ने छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

शारीरिक तथा मानसिक रुपमा थकान महसुस हुनेछ । परिवारमा कलहको वातारण हुँदा मन उदास हुनेछ । निन्द्राले सताउने छ । आमाको स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक रुपमा अपमानित हुन सक्ने हुँदा सचेत रहनु होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

दिन सुखमा बित्नेछ । अनकुल परिस्थिति हुने हुँदा दैनिक कार्य सरल हुनेछ । मन प्रशन्न हुनेछ। व्यापारमा लाभ हुनेछ । नयाँ कामको थालनीको लागि शुभ समय रहेको छ । पढाईमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

निर्णय गर्ने शक्तिको अभाव हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ। बोलीमा बिशेष ध्यान दिनुहोला अन्यथा विवादमा पर्न सकिन्छ । आफन्तसँग विवाद हुनसक्छ । काममा सफलता मिल्नेछ । सन्तान शुख मिल्नेछ । पढाई अवरोध पैदा हुनसक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

नायाँ कामको थालनीले लाभ हुनेछ । साथी भाइसँग मिठो भोजन हुनेछ । मन प्रशन्न हुनेछ । धार्मिक कार्यमा धन खर्च हुनेछ । यात्राको योग बनेको छन् । बाबुको सहयोग प्राप्त हुनेछ । पढाईमा मन लाग्ने छैन।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

मनमा खुशी छाउने छ । काममा जोश जाँगर बढ्ने छ । नयाँ कामको थालनीको लागि उचित समय रहेको छ । धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । सहयोगीबाट लाभ हुनेछ । दाम्पत्य जीवन खुशी र आनन्दित हुनुहुनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।