आज श्रावण १३ गते बुधबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !

आज मिति वि. सं. २०७८ साल श्रावण १३ गते। बुधबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

काममा बिशेष सावधानी अपनाउनु होला । चिसो वस्तुको कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तको वियोग हुनसक्छ । धार्मिक कार्यमा धन हराउने सक्छ । धार्मिक कार्यमा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । गलत स्थानमा धन खर्च हुनसक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

परिवारमा शुख शान्ति छाउनेछ । आफन्तसँग समय रमाइलोमा बित्ने छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । रमाइलो स्थानको भ्रमण हुनेछ । महिला वर्गबाट लाभ र सम्मान प्राप्त हुनेछ । पुत्र र श्रीमितिको शुभ समाचार मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

शारीरिक र मानसिक सुख अनुभिती हुनेछ। नोकरी तथा व्यवसायमा तपाईंको कार्यको प्रसंसा हुनेछ। काममा प्रोत्साहन बढ्नेछ। धन लाभ हुनेछ । पदोन्नतिको योग रहेको छ । समाजमा प्रतिष्ठा बढ्नेछ। सरकारी काममा सफलता पाउनुहुनेछ। दाम्पत्य जीवन आनन्दमय हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

धार्मिक कार्यमा समय खर्च हुनेछ । कतैको धार्मिक यात्रा हुनेछ । शारीरिक र मानसिक रुपमा खुशी हुनुहुनेछ। भाग्य वृद्धि हुनेछ । भाइ बहिनिसंग समय रमाइलो बित्नेछ । बैदेशिक यात्राको लागि समय उचित रहेको छ । नोकरी गर्नेहरुको लागि लाभ हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

केही कठिनाइहरूको सामना गर्नपर्ने हुनसक्छ । स्वास्थ्यको बिशेष ध्यान दिनुहोला । घर बाहिर खाना नखानु होला । स्वास्थ्यको लागि धन खर्च हुनसक्छ। नकारात्मक बिचार मनमा हाबी हुनेछ । सन्तान शुख प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

दिन अनकुल हुनेछ । जीवन साथिसंग को नजिकको क्षणको आनन्द लिन सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ । विपरित लिंगी संगको आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ । साझेदारहरूसँगको सम्बन्ध सौहार्दपूर्ण हुनेछ। नयाँ वस्त्र तथा वाहन पाउने योग बनेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

घरमा शान्ति र रमणीय वातावरण हुनेछ। सुखद कार्य हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। आवशेक स्थानमा धन खर्च हुनेछ । नोकरीमा लाभ साथै सफलता मिल्नेछ । आमाबाट शुभ समाचार मिल्नेछ । आर्थिक लाभ हुनेछ । सहयोगीको सहयोग मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

स्वास्थ्यमा समस्या आउन सक्छ। सन्तानको समस्याले चिन्ता बढ्नेछ । मानहानि हुनसक्छ । आर्थिक लेन-देन नगर्नुहोला । विद्यार्थीहरूले अध्ययनमा सफलता प्राप्त गर्नेछन्। वित्तीय योजना सफलतापूर्वक सम्पन्न हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

मन उदास हुनेछ। मनमा चिन्ता बढ्नेछ । परिवारमा कलह हुनेछ । आमासँग विवाद हुनसक्छ । सार्वजनिक रुपमा अपमानित हुन सकिन्छ, सचेत रहनु होला । सहयोगीको सहयोग मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

दैनिक काममा अनकूल परिस्थितिको सृजना हुनाले मन प्रफुलित हुनेछ। पारिवारिक समस्या समाधान हुनेछ। आर्थिक सम्बन्धी कार्यले समाधान पाउनेछ। व्यापारमा आर्थिक लाभ हुनेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ। प्रतिस्पर्धीहरूको अगाडि सफल भइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

बोलीमा संयमता राख्नुहोला । विवादमा नपर्नु होला। अनावश्यक खर्च कम गर्नुहोला । काममा साफलाता प्राप्त हुनेछ । स्वास्थ्यमा समस्य आउन सक्छ । विद्यार्थीलाइ शिक्षा प्राप्त गर्न समस्या हुनसक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

आज आनन्द र उत्साहले भरिएको दिन हुनेछ। घरमा शुभ कार्य हुनेछ। नयाँ कार्य गर्नको लागि शुभ समय रहेको छ । साथि भाइ संगको भेट रमाइलो हुनेछ। बसाइ सराइ तथा यात्राको सम्भावना रहेको छ । मन खुशी हुनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।