आज श्रावण ११ गते सोमबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि. सं. २०७८ साल श्रावण ११ गते। सोमबार। तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

सामाजिक काममा समय बित्नेछ साथै सामाजिक कार्यमा धन खर्च हुनसक्छ। सरकारी काममा सफलता मिल्नेछ। सम्मानित व्यक्तिहरूसँग भेट हुनेछ। टाढा रहेका संतानको खबर प्राप्त हुनेछ । जीवन साथि मिल्ने योग बनेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

नयाँ कार्यको शुभारम्भ गर्न सक्नु हुनेछ । नोकरी पेशा गर्नेको लागि दिन शुभ रहेकोछ । आम्दानीको श्रोत बढ्ने छ । कममा पद बढ्ने छ । सरकारी लाभ मिल्नेछ । पारिवारिक जीवनमा सुख र शान्ति रहनेछ । उच्च अधिकारीले काममा प्रोत्साहान गर्नेछन् । दाम्पत्य जीवन सुमधुर हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

समय प्रतिकुल रहनेछ । शरीरमा जोस जाँगर कम हुनाले सोचेको काम पुरा नहुन सक्छ। मानसिक तनाब बढ्नेछ । पार्टनरमा गरेको कममा सहयोगीको आभाव हुनसक्छ। आफूभन्दा ठुला व्यक्तिसँग वादविवाद हुनसक्छ। प्रतिस्पर्धीसँग सचेत रहनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

नकारात्मक बिचारको कारण मानसिक तनाब बढ्न सक्छ। खान पानमा बिषेस ध्यान दिनुहोला अन्यथा स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तसँग वादविवाद बढ्न सक्छ । खर्च बढ्नाले आर्थिक समस्या हुनसक्छ । नयाँ कार्यको शुभारम्भ नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

दाम्पत्य जीवनमा सामान्य बिषयमा विवाद हुनसक्छ । पती पत्नीमा कसैको स्वास्थ्यमा समस्या आउनसक्छ । व्यापारमा धैर्यताको साथ काम गर्नु होला। सामाजिक कार्यमा मन जानेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

हरेक काममा सहज महसुस हुनेछ। घारम शुख शान्ति छाउनेछ जसको कारण मन प्रशन्न हुनेछ। शुभकार्य हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक लाभ हुनेछ । कार्यक्षेत्रमा सबैको सहयोग मिल्नेछ । प्रतिस्पर्धीसंगको कडा मेहनत पश्चात सफलता मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

बौद्धिकताको चर्चा बढ्नेछ । व्यर्थको वादविवादमा नपर्नु होला । पेट सम्बन्धि समस्याले सताउनेछ । सन्तान शुख मिल्नेछ । नयाँ कर्यको योजना बन्न सक्छ। लामो यात्राको लागि समय उचित रहेको छैन । आमाबाट शुभ समाचार मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

स्वास्थ्यमा समस्या आउनसक्छ । आफूभन्दा ठुलासँग वाविवाद बढ्न सक्छ । आमाको सवास्थ्यमा समस्या आउन सक्छ। आर्थिक नोक्सान हुनसक्छ। सार्वजनिक रुपमा मानहानी हुनसक्छ। अचल सम्पति तथा वाहन खरिदा बिक्रि नगर्नु होला । स्त्री वर्गबाट सचेत रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

आध्यात्मिक बिषयमा रुची बढ्ने छ । दिदि बहिनीको सहयोग मोल्ने छ । स्वास्थ्यमा सुधार हुनेछ । मन शान्त तथा प्रशन्न रहनेछ। नयाँ कामको थालनीको लागि समय उचित रहनेछ । लामो यात्रा हुनसक्छ । भाग्य वृद्धि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

आफ्नो बिलोको कारण समस्यामा पर्न सकिन्छ । स्वास्थ्यमा समस्य आउन सक्छ। आफन्तसँग बेकारको विवाद हुनसक्छ । आर्थिक लेनदेन हुनेछ । पढाइमा मन लाग्ने छैन । व्यवसायमा मन्धि छाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुहुनेछ । आथिक लाभा हुनेछ । आफन्तसँग मनपर्ने भोजन हुनेछ। आचानक लामो यात्राको योजन बन्न सक्छ । नकारात्मक बिचारबाट टाढा रहनाले लाभ हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

मन तथा दिमाखलाई एकाग्रता गर्न सक्नु हुनुहुनेछ। धार्मिक कार्यमा धन खर्च हुनेछ । आफन्तसँग टाढाको यात्रा हुनेछ । बोलीको कारण समस्या हुनसक्छ । आर्थिक अभाव हुनेछ। भाइ भाहिनीको सहयोग मिल्नेछ। व्यापारमा वृद्धि छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।