आज साउन ७ गते बिहिबार, कस्तो छ तपाईंको दिन ?

आज मिति वि. सं. २०७८ साल श्रावण ७ गते। बिहिबार। तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

दिन फलदायी रहेको छ । अस्वस्थ तथा तनाव महसुस गर्नु हुनेछ । थकान त अशान्तिको अनुभव गर्नुहुनेछ। रिसको कारण काम बिग्रन सक्छ। व्यवहारमा संयमता राख्नुहोला । तोकेको समयमा काम पुरा गर्ने प्रयास गर्नु होला। धार्मिक यात्रा हुन सक्छ। काम बिग्रने सम्भावना हुँदा कुनै पनि नयाँ कार्यको थालनी नगर्नु होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

कुनै पनि नयाँ कार्यको थालनी नगर्नुहोला। स्वास्थ्य बिग्रन सक्छ । त्यसैले खान पानमा बिशेष ध्यान दिनुहोला । शारीरिक तथा मानसिक रुपमा थकान अनुभव गर्नु हुनेछ । कार्यालयमा कामको भार बढ्ने हुँदा थकान अनुभव हुनेछ। यात्राको लागि समय राम्रो रहेको छैन।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

शुख खुशीमा दिन बित्नेछ । बिपरित लिंगीसँग भेट हुनेछ। साथी भाइसँग रमाइलो यात्रा हुनेछ। वाहन शुख मिल्नेछ । नयाँ वस्त्र प्राप्त हुनेछ । भोजनमा मिठो खान पाइनेछ । स्वस्थ र फुर्तिलो हुनुहुने छ । उत्तम दाम्पत्य जीवनको शुख प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

दिन राम्रो बित्नेछ । घरमा रमाइलो वातावरण हुनेछ। घरमा परिवारका सदस्यमा खुशी छाउने छ। नोकरीमा लाभ हुनेछ। नजिकको सहकर्मीबाट लाभ हुनेछ। स्त्री मित्र संगको भेटले मन प्रशन्न हुनेछ। शत्रुसँग विजय प्राप्त हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

दिन रमाइलोमा बित्नेछ। प्रेमीसँग भएको भेट लाभ दाएक हुनेछ। मन प्रशन्न हुनेछ। शन्तान प्राप्तिको योग बनेको छ। बिद्यार्थीको लागि राम्रो समय रहेको छ । स्त्रीमित्रबाट लाभ हुनेछ। परोपकारी कार्यमा सहभागी हुने अवसर मिल्ने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनेछ । केहि समस्याको कारण चिन्ता बढ्न सक्छ। आफन्तसँग खट-पट हुनसक्छ। आमाको स्वास्थ्यको चिन्ता हुन सक्छ । अचल सम्पति तथा व्यवसायमा बिशेष ध्यान दिनुहोला। स्त्री तथा पत्नीबाट हानी हुनसक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

दिन शुभ हुनेछ। साथि भाइसंगको सम्बन्ध राम्रो हुनेछ। अचल सम्पतिको चर्चा बढ्नेछ । धार्मिक यात्रा हुनेछ । धन लाभ हुनेछ । व्यापारको लागि यात्रा हुनसक्छ। नायाँ कामको थालनीको लागि उचित समय रहेकोछ । भाग्य वृद्धि हुने योग बनेकोछ। शरीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुहुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

दिन सामान्य फलादाही रहेको छ । व्यर्थको खर्च हुनसक्छ। घर परिवारमा झगडा हुनसक्छ। आफन्तमा खट-पट हुनसक्छ। शारीरिक समस्या हुनाले मनमा चिन्ता बढ्न सक्छ । बिद्यार्थीको लागि बिभिन्न समस्या हुनसक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

धार्मिक यात्रा हुनसक्छ। गरेको कार्य सम्पन्न हुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुहुनेछ । जसको कारण मनमा खुशी छाउनेछ। घरमा मांगलिक कार्य हुनेछ । आफन्तसँग भेट हुनेछ। मन प्रशन्न हुनेछ । समाजमा मन प्रतिष्ठा बढ्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

धार्मिक कार्यमा व्यस्त भइने छ । व्यवसायाम बाधा हुनसक्छ। आफन्तको प्रतिष्ठामा हानि पुग्न सक्छ। परिश्रम अनुसारको फल प्राप्त हुन नसक्दा मन दुखि हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

व्यवसाय क्षेत्रमा लाभ मिल्नेछ । मित्रहरु संगको भेटले मन खुशी हुनेछ। साथी भाइसंग रमाइलो यात्रा हुनसक्छ। नयाँ कार्यको शुभारम्भ गर्नको लागि दिन शुभ रहेको छ । विवाहको योजना बन्न सक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

दिन अत्यन्तै फलदाइ रहेको छ। कार्यमा सफलता प्राप्त हुनेछ । व्यापारीहरुको लागि व्यापार वृद्धिको समय रहेको छ । बाबु तथा आफूभन्दा ठुला बाट लाभ हुनेछ। मान सम्मान तथा पदउन्नतिको समय रहेको छ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।