Ad #144479

आज मिति वि. सं. २०७८ साल श्रावण २ गते। शनिबार। तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

व्यवसायको लागि आजको दिन राम्रो रहेको छ । परिवारमा रमाइलो वातावरण हुनाले तपाईंको मन प्रफुलीत हुनेछ । शारीरिक स्वास्थ्यमा सुधार हुनेछ। सहयोगीबाट सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा मान प्रतिष्ठा बढ्ने छ । व्यापारमा तपाईंको पार्टनर संगको सम्बन्ध सुमधुर हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

बिद्यार्थीहरुको लागि दिन कठिन हुनसक्छ। मनमा चिन्ता बढ्नेछ । पेट सम्बन्धि समस्याले सताउन सक्छ । दिनको मध्यान्न पछि स्वास्थ्यमा सुधार हुँदै जानेछ। मानसिक रुपमा पनि राहत अनुभव हुनेछ । तपाईंको कामको प्रसंसा बढ्ने छ। आमाबाट शुभ समाचार मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

तपाईंलाई दिनको सुरुवात बाट नै जोस जाँगर बढ्नेछ । परिवारका सदस्य सँग भना-भन हुन सक्छ। स्वास्थ्य तथा अचल सम्पति सम्बन्धि सचेत रहनुहोला। आकस्मिक धन खर्च हुनसक्छ। कुनै वादविवाद हुने स्थानमा नजानु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

कुनैपनि कार्यको थालनी गर्दा विचार पुर्याएर गर्नुहोला। आफन्तहरू सँगको भेटमा रमाइलो हुनेछ। आफन्त बाट पाएको सम्मानले मन खुशी हुनेछ। प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिने छ । दिनको मध्यान्न पछि समय प्रतिकुल हुने हुँदा स्वास्थ्यको बिशेष ध्यान दिनुहोला । आमाको स्वास्थ्यको कारण चिन्ता बढ्न सक्छ। आर्थिक कठिनाईको सम्भावना छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

बौद्धिक क्षमता बढ्ने छ । पारिवारिक सदस्य सँग राम्रो समय बित्नेछ। आर्थिक लाभ हुनेछ। दिनको मध्यान्न पछी आर्थिक नोक्सान तथा चोट पकट लाग्ने सम्भावना हुँदा सचेत रहनु होला । आध्यात्मिक क्षेत्रमा उपलब्धि हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

तपाईंको बोलीको प्रभावबाट लाभ हुनसक्छ। अन्य व्यक्तिसँग आत्मियता बढ्नेछ । तपाईंको जीवन साथि तपाईंको लागि मिलनसार हुनेछन् । व्यवसायिक क्षेत्रमा लाभ हुनेछ । पारिवारिक वातावरण रमाइलो हुनेछ। आचानक आर्थिक लाभ हुनेछ । वैदेशिक व्यापारमा लाभ हुनेछ। मनपर्ने भोजन हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

समय अनुकुल हुनेछ। बोलीमा संयम राख्नाले फाइदा हुनेछ । कानुन सम्बन्धि काममा राम्रो सँग बुझेर मात्र निर्णय लिनु होला । गलत धारणा त्यागेर अगी बढ्नु होला । खर्च बढ्ने छ । शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्छ। दिनको मध्यान्न पछि मन शान्त हुनेछ । आर्थिक रुपमा लाभ हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

आजीवन साथि प्राप्त हुनको लागि आजको दिन शुभ रहेको छ । आय तथा व्यापारमा वृद्धि हुनेछ। साथि भाइसँग बैदेशिक यात्रा हुनसक्छ। दिनको मध्यान्न पछि तपाईंको स्वभावमा क्रोध पैदा हुनसक्छ । साथि भाइ सँग भना-भन हुनसक्दा मन खिन्न हुनसक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

सोचेका कार्य पुरा हुनेछन । व्यवसायमा सफलता प्राप्त हुनेछ । कार्यालयको वातावरण अनुकूल हुनेछ। परिश्रम अनुसार सफलता प्राप्त हुनेछ। परिवारमा शुख शान्ति छाउने छ । साथि भाइसंगको भेटले मन खुसि हुनेछ । यात्राको योग बन्नेछ । आकस्मिक धन लाभ हुनेछ। सन्तानबाट शुभ समाचार मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

विदेश जाने योग बन्नेछ । धार्मिक स्थलको भ्रमण हुनेछ। मनमा धार्मिक आस्था बढ्ने छ। परिवारमा सान्तिको वातावरण तथा खुशी छाउने छ । व्यवसाहिक क्षेत्रम पद प्रतिष्ठा बढ्नेछ । उच्च अधिकारीहरु तपाइको काम बाट खुशी हुनेछन् । धनको साथै मान प्रतिष्ठा बढ्ने छ । पिताबाट लाभ हुनेछ । पारिवारिक जीवनमा मन मुटाव हुनसक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

नयाँ कार्यको थालनी गर्नु उचित हुने छैन। स्वास्थ्यको हिसावले खान पानमा बिशेष ध्यान दिनुहोला । बोलीमा संयमता राख्नु होला । दिनको मध्यान्न पछि मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ। भाइ बहिनिबाट लाभ हुनेछ। आर्थिक लाभ हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

पार्टनरमा गरेको व्यवसायबाट लाभ हुनेछ । प्रियजनसँग रमाइलोले मन खुशी हुनेछ। दिनको मध्यान्न पछि परिस्थितिमा परिवर्तनको अनुभव गर्नुहुनेछ । मध्यान्न पछि कुनै पनि कार्यको थालनी गर्नु उचित हुँदैन। कतै पनि यात्रा गर्नु उचित हुँदैन । परिवारजनसँग मनमुटाव हुनसक्छ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।