आज असार २३ गते बुधबार, कस्तो रहला तपाईंको दिन ?

आज मिति वि.सं.२०७८ साल असार २३ गते । बुधबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेकोछ । तपाईंको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ,सचेत हुनुहोला। स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाईलेखाई तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएरु जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालाई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

व्यवसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । मायाप्रेममा नजिक भई रमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।

[sidebar name="button post"]