आइतबार गर्नुहोस् यी काम, मिल्छ नसोचेको सफलता

आइतबार दिन अर्थात ज्योतिष शास्त्रका अनुसार सूर्य भगवानको पूजा आजा गर्ने दिन । धार्मिक मान्यताका अनुसार आइतबार भगवान सूर्यको पूजा उपासना गर्नु शुभ मानिन्छ।

शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैँ विहान सूर्य देवलाई अर्घ्य दिन्छ, उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन। यदी तपाईंलाई सधैँ यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस्।

ॐ सूर्याय नमः
सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः
ऊँ घृणिः सूर्यादित्योम
ऊँ घृणिः सूर्य आदित्य श्री
ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नमः

हरेक आइतवार गर्नुहोस् यी काम

शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ। आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ।

ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस्।

आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ।

[sidebar name="button post"]