आज मिति वि.सं. २०७८ साल असार ९ गते। बुधबार। तपाईंको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
सांसारिक विषयबाट टाढा रहेर आध्यात्मिक विषयमा व्यस्त रहनुहुन्छ। गहन चिन्तनशक्तिले यस विषयमा सहायता गर्नेछ। आध्यात्मिक सिद्धि प्राप्त हुने योग छ। बोलीमा ध्यान राख्नुहोला। नयाँ कामको प्रारम्भ नगर्नुहोला। आकस्मिक धनलाभ हुन सक्छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
परिवारसँग सामाजिक काममा अथवा कुनै पर्यटन-स्थलमा घुमफिरको आनन्द लिन सक्नुहुन्छ। व्यापारीको व्यापार वृद्धि होला। सामाजिक क्षेत्रमा सफलता र प्रसिद्दि प्राप्त हुनेछ। आकस्मिक धनलाभ होला।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
कार्य-सफलता र प्रसिद्दि प्राप्त हुनको लागि शुभ दिन छ। परिवारसँग आनन्द-उल्लासपूर्ण वातावरणमा सुखपूर्वक समय बिताउनु हुन्छ। आर्थिक लाभ होला। आवश्यक विषयमा खर्च हुनेछ। शारीरिक र मानसिक रुपले स्वस्थ अनुभव हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक शिथिलता र मानसिक व्यग्रतामा दिन बित्नेछ। मित्र र सन्तानको विषयमा चिन्ता रहनेछ। आकस्मिक धनखर्च हुने योग छ। विवादजनक प्रसंगलाई टाल्नुहोला। बौद्धिक चर्चाबाट टाढा रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
बोलि र व्यवहारमा ध्यान राख्नुहोला। आमासँग झगडा हुन सक्ला। वैचारिक रुपले नकारात्मकता मनमा छाउन सक्छ। स्थायी सम्पत्तिको दस्तावेजमा हस्ताक्षर सावधानीपूर्वक गर्नुहोला। स्वास्थ्य प्रति विशेष ध्यान राख्नुहोला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
शारीरिक प्रफुल्लितता र मानसिक प्रसन्नताको अनुभव हुँदा मन शान्त रहनेछ। कार्यमा सफलता प्राप्त हुनेछ। परिवार र आफन्तसँग मधुर सम्बन्ध रहनेछ। गूढ र आध्यात्मिक विषयको कुरामा सिद्धि प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
आवश्यक कार्यको प्रारम्भको लागि उचित दिन छैन। तपाईंको व्यवहारको कारण कसैको मन दुख्नेछ। साथै व्यवहारको कारण सकारात्मक परिणाम आउनेछ। परिवारसँग वाद-विवाद टाल्नुहोला आर्थिक रुपबाट लाभ होला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
शारीरिक र मानसिक रुपले प्रसन्न अनुभव हुनेछ। परिवारमा सुख-शान्तिको वातावरण रहनेछ। मित्र र आफन्तसँग भेट हुँदा आनन्द अनुभव हुनेछ। कुनै रमणीय स्थलमा भ्रमण गर्नुहुन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
बोलि र व्यवहारमा ध्यान नराख्दा समस्या उत्पन्न होला। कसैसँग वाद-विवाद हुन सक्छ। मानसिक रुपले चिन्तित रहनुहुनेछ। आम्दानीभन्दा धेरै खर्च होला। परिवारसँग मनमुटाव होला। स्वास्थ्य बिग्रन सक्छ। ईश्वरको आराधना र आध्यात्मिकताबाट सहायता मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
तपाईंको दिन लाभदायी छ। आफन्त र मित्रसँग आनन्ददायी भेट हुनेछ। विवाहोत्सुकले ईच्छित पात्र मिल्ने योग छ। व्यापारको दृष्टिले लाभदायी दिन छ। मित्रबाट उपहार प्राप्त हुनेछ। नयाँ वस्तुको खरिद गर्दा पैसा खर्च हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
शारीरिक र मानसिक स्थति राम्रो रहनेछ। व्यवसायिक क्षेत्रमा कार्यको प्रशंसा हुनेछ। जुन तपाईको लागि आनन्ददायी रहनेछ। कार्यालयमा सहकर्मचारीको सहयोग प्राप्त हुनेछ। सामाजिक रुपबाट मान-सम्मान प्राप्त हुनेछ। दिनभर कार्य सम्पन्न हुँदा सरलता अनुभव हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
उच्च अधिकारीसँगको सम्बन्धमा समस्या उत्पन्न होला। शारीरिक शिथिलता र मानसिक चिन्ता बनिरहनेछ। प्रतिस्पर्धिसँग वाद-विवाद होला। वैचारिक स्तरमा नकारात्मकताबाट टाढा रहनुहोला। मानसिक रुपले स्वस्थ हुने प्रयास गर्नुहोला। व्यापारी वर्गलाई व्यापारमा अवरोध आउला।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।











