तपाईंलाई थाहा छ ? चिसो पानीले नुहाउँदा पनि तौल घट्छ

हाम्रो शरीर स्वस्थ रहनका लागि स्लिम हुनु जरूरी हुन्छ । मोटो मान्छेलाई अनेकौं रोगले सताउँछ । एकचोटि तौल बढेपछि घटाउनका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ । त्यस्तै यसका लागि कसैले जिम धाउँछन् भने कोहि डाइटिङ गर्ने गर्छन् ।

हामी मध्ये धेरैलाई थाहा नहुन पनि सक्छ, चिसो पानीले नुहाउँदा पनि तौल घट्छ । मानिसको शरीरमा दुई किसिमका बोसोहरू हुन्छन् : सेतो र खैरो । सेतो बोसो बढ्यो भने शरीर मोटाउँछ । चिसो पानीले नुहाउँदा शरीरमा बढेको बोसो घट्छ ।

त्यस्तै यसका अरू पनि धेरै फाइदा छन् । चिसो पानीले नुहाउँदा तनाव कम हुन्छ । यसले रक्तसञ्चार बढाउँछ जसका कारण बोसो घट्छ । साथै चिसो पानीले नुहाउँदा रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

चिसो पानीले नुहाउँदा मानसिक रोग लागेका व्यक्तिलाई फाइदा पुग्छ ।