चकलेट खानुहोस्, यस्ता छन् फाइदा

एजेन्सी। अत्यधिक गुलियो खानाले स्वास्थ्यलाई हानी पुर्याउने कुरा हामीमध्ये सबैलाई थाहै छ । तर चकलेटको सन्तुलित सेवनले स्वास्थ्यलाई पुर्याउने फाइदाको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ।

एक नयाँ सोधका अनुसार गुलियो व्यञ्जनले बुढ्यौलीलाई सुस्त गर्नुका साथै रक्त संचारलाई राम्रो बनाएर तपाईंलाई सधैँ खुसी राख्न मद्दत गर्दछ ।

चकलेटमा कोकोआ हुन्छ जसमा ‘फ्लावानल’ नामक एन्टिअक्सिडेन्ट हुने गर्दछ जसले रक्त संचार सुचारु गर्न सहयोग गर्दछ । चकलेटमा जति धेरै कोकाआ हुन्छ त्यति नै यो तपाईंको स्वास्थ्यको लागि फाइदा हुने गर्दछ ।

ब्रेन पावर : वैज्ञानिकहरुका अनुसार तपाईं जति मात्रामा फ्लावानले भरिपूर्ण कोकाआको सेवन गर्नुहुन्छ। त्यति नै तपाईंको मानसिक क्षमतामा वृद्धि हुने गर्दछ ।

बुढ्यौलीको गतिमा ह्रास : छालालाई तन्काउने खालको प्रोटिन कोकोआले भरपूर चकलेटमा पनि पाइने गर्दछ ।

खुसी बनाउँछ : वैज्ञानिक पत्रिका न्यूट्रिशनल न्यूरोसाइन्सका अनुसार चकलेटले तपाईंको मुडलाई राम्रो बनाइ राख्छ साथै डिप्रेसनलाई पनि कम गर्ने गर्दछ ।

कोलेस्ट्रोलको कमि : उच्च कोकोआयुक्त चकलेट खाँदा कोलेस्ट्रोल मात्र कम हुँदैन, यसले रक्तचाप पनि कम गर्ने गर्दछ ।

तौल घटाउँछ : एक अध्ययनका अनुसार चकलेटको सेवनले तौल बढाउने प्रकारको भोजनको इच्छामा कमि गरिदिन्छ। जसले तपाईंको तौल नियन्त्रित हुने गर्दछ ।