तपाईंमा यस्तो लक्षण देखियो ? हेर्नुहोस् कहिं तपाईं तनावमा त हुनुहुन्न ?

एजेन्सी। तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । हामी जो कोहि पनि स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ ।

१) कपाल झर्नु : यदि तपाईंले तनाव लिने गर्नुहुन्छ भने कपाल झर्न सुरु गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।

२) तौल बढ्नु वा तौल कम हुनु : तपाईंलाई थाहा नहुन सक्छ तर तनाव अर्थात् डिप्रेसनले तपाईंको तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।

३) निद्राको कमि : निद्रामा कमि आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरि बस्छ र यो तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।

४) मूड परिवर्तन : यदि तपाईंलाइ कुनै काम गर्न मन लाग्दैन, केहीमा रुचि हुँदैन, कुनै कुराले खुशी दिदैन र पीडाको अनुभव पनि हुँदैन भने तपाईं तनावमा हुनुहुन्छ भन्ने थाहा हुन्छ ।