आज मिति वि.सं.२०७८ साल जेष्ठ ०१ गते शनिबार । तपाईंको आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
विवादित बिषयहरुको नतिजा तपाईंको आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ ।तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
बिशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिने छ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । परिवारसंगको रमाईलो बसाईमा स्वादिष्ठ भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पतीहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । आँटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईंको कामदेखि सबै प्रशन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा गरिदिने हुनाले समय र रुपैँया
पैसाको बचत हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईंदेखि टाढिन सक्छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । परिवारका साथ घरमै बसी समय व्यातित गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
विवाद तथा प्रतिष्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतीहरु लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरिको प्रगती देख्न पाईनेछ । महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
तपाईंको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मीहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।








