वैशाख २६ गते आइतबारदेखि जेष्ठ ०१ गते शनिबारसम्मको तपाईंकाे साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
साताको समय राम्रो रहेकोले ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरी वचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । पढाईमा मन जाने तथा नतिजा आफैंतिर ल्याउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोग पाईनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
साताको सुरु र अन्तको समय राम्रो रहेकोले घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेको छ । पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । मायाप्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले आफन्त तथा साथी भाईबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
साताको सुरु र अन्तको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । बिभिन्न साधनस्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिने छ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बुधबारबाट शुक्रबार दिउँसोसम्मको समय मध्यम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनसक्छ ध्यान दिनुहोला । नीति नियमको वेवास्ता गर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला ।दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाईले लेखाईमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबार साँझबाट समय मध्यम रहेकोले खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेको छ। आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाईनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
मंगलबारसम्मको समय मध्यम रहेकोले आफन्त तथा अग्रजहरुसँग बिवाद हुनेछ । भौतिक सम्पती तथा बिलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना हुन सक्छ । पढाईलेखाईमा मन नजाने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । बुधबारबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मन प्रशन्न हुनेछ । मायाप्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक स्रोत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सोमबारबाट शुक्रबार दिउँसोसम्मको समय मध्यम रहेकोले संकट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
साताको सुरु र अन्तको समय राम्रो रहेकोले अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्तम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ । बुधबारबाट शुक्रबार दिउँसोसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
स्रोतसाधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीलाई किनारा लगाउदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरीएको मेहनेतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मेहनेत गर्नेहरुका लागी समय फलदायी रहने छ । साताको अन्त अर्थात शुक्रबार साँझबाट समय मध्यम रहेकोले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईंको कुरा काट्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउंदै परिणाममुखी काम गर्न सकिने छ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिने छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहने छ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागी समय खर्चनु पर्नेछ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जाने छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रतिस्पर्धामा सहभागि हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउंदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिने छ । लेखन,कला तथा साहित्यमा रुचि बढ्ने छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ । सोमबारबाट शुक्रबार दिउसोसम्मको समय मध्यम रहेकोले शरिर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलब्धि हाँसिल गर्न सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । बुधबारबाट शुक्रबार दिउँसोसम्मको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरुका लागि पद प्राप्तीको योग रहेको छ । सोमबार,मंगलबार र शनिबारको समय मध्यम रहेकोले प्रयन्न गर्दा आम्दानीका स्रोतहरु वढाउन सकिने छ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । कार्यक्षेत्रमा राम्रा काम गरी सम्मानित हुने योग रहेकोछ । पढाईलेखाईमा अलि बढि ध्यान दिंदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको सात दिन शुभ रहोस् ।








