ह्वाइट डिस्चार्ज आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो । कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ ।
यस्ता छन् सेतो पानी बग्ने कारण :
१. आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु,
२. कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु,
३. बिरामी मानिससँग सम्बन्ध राख्नु,
४. पटक पटक गर्भपतन गराउनु,
५. कुनै रुपमा संक्रमण या बिरामीको कारण।
६. शरीरमा पोषक तत्वको कमी हुनु आदि ।











