आज मंगलबार : के कस्ता कामकाजहरु गर्नु राम्रो मानिन्छ र के गर्नु हुँदैन ? ज्योतिष शास्त्र यसो भन्छ-

आज मंगलबार हामी शास्त्रिय ज्योतिष शास्त्र अनुसार के कस्ता कामकाजहरु गर्नु राम्रो मानिन्छ र के कस्ता कामकाजहरु गर्नु हुँदैन भन्ने विषयहरुको जानकारी गराउँछौँ ।

ज्योतिषिय ग्रन्थहरुमा मंगल ग्रहको बार मंगलबार भएको हुनाले मंगलबारलाई खरो बारको रुपमा र पाप ग्रहको बारको रुपमा लिइएको पाइन्छ । खरो र तातो स्वभावको ग्रहको बार भएको हुनाले लामो समयसम्म दिगो रहन पर्ने कामकाजहरु मंगलबार गर्नु राम्रो मानिँदैन ।

नेपाली समाजमा पनि ज्योतिषिय ग्रन्थहरुकै प्रभावका कारण “मंगलको भेट र शनिको छुट्टी” राम्रो हुँदैन भन्ने लोकोक्ति रहेको छ । त्यसकारण यस बारमा सकेसम्म नयाँ घरको शरुवात, संबन्ध जोड्ने विवाह, व्रतबन्ध, स्वयंवर, वस्तुभाउको किनबेच, नयाँ पसलको ओपनिगं, मित लगाउने काम आदि नगर्नु नै भनेर शास्त्र हरुमा उल्लेख गरिएको छ । यस दिन यी कार्यहरु गरेमा मंगल ग्रहको प्रभावले आपसी झै झगडा, मनमुटाव र शुभ नहुने कुराहरु ज्योतिष शास्त्रमा बताइएको छ ।

ज्योतिषिय ग्रन्थहरुमा राम्रा र नराम्रा अर्थात् शुभ र अशुभ सबै किसिमका कामकाजहरु गर्नको लागि समय, बार, बेला, मुहुर्त र पञ्चांग आदि सबै कुराहरुको निर्देशन गरिएको छ । मंगबार खरो किसिमका कामकाजहरु गर्नु शुभ हुने मानिन्छ । सामान्यतया ज्योतिषीय ग्रन्थहरुमा मंगल ग्रहलाई पापी, क्रुर, तातो र अशुभ ग्रह को रुपमा मानिन्छ । ​त्यसकारण यसबार शुभकार्यहरु को प्रारम्भ गर्नु ज्योतिष शास्त्रहरुमा निषेध नै गरेको छ ।

​ज्योतिष शास्त्रहरुका अनुसार यस दिन चुगुलखोरी गर्नु र असत्य कार्यहरु गर्नु भन्ने उल्लेख गरिएको छ । चोरी गर्नु जस्ता लोक विरुद्धका कार्यहरु पनि यस दिन गर्नु राम्रो मानिन्छ । विष अर्थात् पोइजनहरुको कामकाजको लागि मंगलबार नै राम्रो हुने बताइन्छ ।

आगोको काम, बिजुलीको कामकाज पनि यही दिन गर्नु राम्रो हुन्छ भन्ने शास्त्रीय मान्यताहरु रहेको छ । मंगलबारलाई ज्योतिष शास्त्रमा आगोसँग संवन्धित बार मानिन्छ । त्यसैगरि होटल व्यवसायहरु पनि प्रारम्भ गर्नको लागि समान्य बारहरुको विचार गर्दा यस दिनलाई राम्रो मानिन्छ । हातहतियार, गोली गठ्ठा, बारुद, बम आदिको काम पनि यसै दिन गर्नु ज्योतिष शास्त्रका अनुसार राम्रो मानिन्छ ।

मंगलबार बारहरु मध्ये सबैभन्दा कडा बार भएको हुनाले यस दिन मुद्दा मामिला,, वादविवाद र झगडा गर्ने खालको कामलाई राम्रो मानिन्छ । धातु, खजाना, विभिन्न प्रकारका रत्नहरुको कामा पनि यस दिन शुभ हुने गर्दछ । सुन , मुगा, तामा आदिको कामकाज पनि ज्योतिष शास्त्र अनुसार मंगल ग्रहकै स्वामित्व भित्र पर्ने भएकाले यी विषयहरु संवन्धित कामकाज पनि मंगलबार नै राम्रो मानिन्छ ।

मंगल ग्रहलाई भूमी अर्थात् पृथ्वीको छोरा मानिने भएकाले यस दिन घर जग्गा संबन्धि कामकाजहरु पनि राम्रो हुने मानिन्छ । त्यसैगरि साहसी खेलकुद तथा हिम्मतिला कामकाजहरु पनि मंगलबार नै गर्नु राम्रो हुने ज्योतिष शास्त्रहरुको मान्यता रहेको छ ।

यदी जन्मकुण्डलीमा मंगल ग्रह कमजोर अवस्थामा रहेको छ मंगल ग्रहले त्यस मानिसको जीवनमा सकारात्मक फल दिन सक्दैन । त्यसकारण त्यस्ता व्यक्तिहरुले मंगल ग्रहले दिने शुभफलको वृद्धिको लागि मंगलबारको व्रत गर्नुपर्दछ । यस दिन गणेशको पूजा गर्नाले पनि मानिसका मंगल ग्रहले दिने सबै दोषहरु नाश भएर जाने कुरा ज्योतिष शास्त्रहरुमा वर्णन गरिएको छ ।

मंगल ग्रह कुण्डलीमा कमजोर भएमा मानिसलाई छिटो रिस उठ्ने, क्रोधित हुने, स्थीर हुन नसक्ने जस्ता समस्याहरु देखा पर्ने गर्दछन् भने कसैकसैलाई यसको प्रभावले निकै डर लाग्ने पनि हुने गर्दछ । मंगल ग्रहको खराब अवस्था भएमा मानिसलाई चोटपटकको संभावनाहरु धेरै हुने गर्दछ ।

बलराम उपाध्याय खकुरेल
 ज्योतिष तथा बास्तुविद्

[sidebar name="button post"]