के तपाइँको ब्रेकअप भएर तनावमा हुनुहुन्छ ? यस्ता छन् यसका फाइदा

जीवनमा प्रेममा पर्ने र प्रेममा विछोडिने कथा धेरैसँग हुन्छ । अधिकांश मानिस प्रेम सम्बन्ध टुटेपछि विक्षिप्त हुन्छन् । यदि तपाइँ यस्तो अनुभव गर्नु भएको छ भने तपाइँका लागि खुसीको खबर छ । विश्लेषकहरुका अनुसार प्राय: धेरै मानिसहरु ब्रेकअप भएको दिन धेरै तनावमा भएता पनि बाँकि दिन एकदमै खुशी हुने गरेको बताएका छन् । एक अध्यनले ब्रेक अप हुँदा हुने १० फाइदाहरु पत्ता लगाएका छन्। यस्ता छन् ब्रेकअपका फाइदा।

१ मनको सफाई :
ब्रेकअपले मनका सबै पुराना यादहरु निकालेर मनलाई सफा पार्छ । यसको प्रभाव राम्रो हुने मनोचिकित्सकहरु बताउँछन् । अंग्रेजीमा काथर्सिस भनिने मनका दुखाई मेट्नका लागि प्रेम सम्बन्ध टुटेको समय सबै भन्दा राम्रो मानिन्छ ।

२ नयाँ सम्बन्धको शुरुवात :
प्रेम सम्बन्ध टुटेपछि तपाइँले साथीको महत्व बुझ्नु हुन्छ र नयाँ साथी बनाउनु हुन्छ । प्रेमी वा प्रेमिका हुँदा वेवास्तामा परेका साथीहरु समेत प्रेम सम्बन्ध टुटेपछि भने महत्व पाउँछन् जसले जीवनमा सहजता ल्याउँछ ।

३ पार्टनररुपी जी पी एस बाट छुट्कारा :
जव तपाइँ प्रेममा हुनुहुन्छ तपाइँ कहाँ जाने के खाने के गर्ने सबै कुरा प्रेमी वा प्रेमीलाई निक्कै चासो पर्छ । तर प्रेम सम्बन्ध टुटेपछि तपाइँ स्वतन्त्र हुन पाउनु हुन्छ र कहाँ गयो के गर्‍यो भनेर चासो लिने र रिसाउने कोही हुँदैन ।

४ पेटको सफाई :
शोधकर्ताहरुले प्रेम टुटेका व्यक्तिहरुको पेटका समस्या समाधान हुने दावी गरेका छन् । प्रेम सम्बन्धमा हुँदा बाहिर जाने र बाहिरका खाना खाने भएपनि एक्लै हुँदा त्यस्तो बानी कम हुने तथा जीवन नियमित हुने हुँदा पेटका समस्या समाधान हुने उनीहरुको दावी छ ।

५ आफूलाई मन लागेको फिल्म :
प्रेममा हुँदा पार्टनरलाई मन पर्ने कुरा गर्नु पर्छ । फिल्म हेर्दा पनि आफूलाई मन नपर्दा समेत अरुको लागि फिल्म हल पुग्नु पर्ने हुन्छ । प्रेम सम्बन्ध टुटेपछि त्यसको झन्झट पर्दैन । तपाइँले मन लागेको कुरा मात्र गर्न पाउनु हुन्छ ।

६ पैसाको बचत :
यो त भन्नै पर्दैन कि प्रेम सम्बन्ध टुटेपछि पैसा बचत हुन्छ । महंगो रेष्टुरेन्टमा जाने वा सरप्राइज गिफ्ट भन्दै महंगा उपहार दिने झन्झट ब्रेकअपले हटाउँदछ।

७ आँखा डुलाउन पाइन्छ :
प्रेम सम्बन्धमा हुँदा बाटोमा सुन्दर युवक वा युवती देख्दा हेर्न पनि सोच्नु पर्छ । तर प्रेम सम्बन्ध टुटेपछि पनि यस्ता कुरामा ख्याल गरिरहनु पर्दैन । केटी हेर्दा प्रेमिका रिसाउली कि भन्ने टेन्सन समेत यसपछि अन्त्य हुन्छ ।

८ आराम पाइन्छ :
विहान उठ्दा उठ्दै गुड मर्निङ र सुत्ने बेला सम्म पनि मेसेज रिप्लाइ गर्नु पर्ने बाध्यता ब्रेकअपपछि अन्त्य हुन्छ । चाहेको बेला मुख ढाकेर सुत्न र उठेर पनि आफुलाई मन लागेको कुरामा ध्यान दिन पाइन्छ ।

९ पुस्तकको भारी हट्छ :
तपाइँले प्रेम सम्बन्धमा हुँदा चाहेर पनि चाहेका पुस्तक वा लेख पढ्न सक्नु हुन्न । तर जब सम्बन्ध टुट्छ तपाइँलाई पढ्ने प्रशस्त फुर्सद हुन्छ । तपाइँको शिरानीबाट पुस्तकको भारी हट्छ ।

१० गीतको अर्थ बुझिन्छः
प्रेममा विछोडिएपछि मानिसहरु कवि हुन्छन् वा धेरै गीत सुन्छन् । यतिबेला नै यस अघि ख्याल नै नगरेका गीतका अर्थ बुझिन्छ खासगरी नारायाण गोपाल वा रफीका विराह लाग्दा गीत त सबै भन्दा प्रिय हुन्छन् ।

[sidebar name="button post"]