हेर्नुहोस्, बुधबारका दिन यी काम गर्नाले तपाइँको दिन शुभ रहने छ

बुध ग्रहको लागि समर्पित गरिने गरिन्छ बुधबारका दिन। बुधबारका दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ भन्ने मान्यता रही आएको छ ।

बुधबार यी काम गर्नाले हाम्रो दिन शुभ हुन्छ :

– बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ । मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा रहन्छ भन्ने गरिन्छ ।

– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

[sidebar name="button post"]