पहिले कपाल फुल्नुलाई बुढेसकाल लागेको भन्ने बुझिन्थो तर, आजकल किशोरअवस्था देखीनै कपाल फुल्न थालेको छ । जुन गर्दा युवाहरुको समस्या बनेको छ । धेरै मान्छेहरु सेतो फुलेको कपाल लुकाउन उखेल्ने गर्छन् ।
तर, फुलेको कपाल उखेल्नाले झन् अरु कपाल पनि सेतो हुन जान्छ । के यो कुरा सत्य होला र जब, हाम्रो उमेर बढ्दै जान्छ कपालको रंग बनाउने पिगमेंट कोशिका नष्ट हुदै जान्छ । पिगमेंट कोशिका कम हुनाले कपालको जरामा मेलानिनरं कम हुन जान्छ र कपाल सेतो वा खैरो रगंको हुन्छ ।
कती मान्छेहरु सेतो कपाल उखाल्न डराउँछन् किनकि की एउटा रौं उखेल्दा तीन चार वटा बढ्छ भनेर जबकी यो एक गलत सोच भन्दा बढी केही हैन । एउटा रौं निकाल्नाले अरु रौं फुल्दैन ।
यसरी, कपाल उखेल्नु राम्रो मानिंदैन कीनकी रौं जरै बाट उखेल्नाले फालीकनको नोक्सान पुग्छ र फेरी रौं नउम्रीन पनि सक्छ । त्यसैले, यस्तो रौंहरु उखेल्नको सट्टा कलर लगाएर वा त्यसै छाड्न सकिन्छ ।








