होचो मानिसले थोरै मात्र ध्यान दिनाले पनि स्टाइलिस देखिन सकिन्छ

आर्कषक व्यक्तित्वको लागि राम्रो देखिनु मात्र नभएर शरीरको उचाई पनि उत्तिकै आवश्यक रहेको छ । उचाई कम हुँदा कपडा लगाउँदा राम्रो देखिदैन् । यस गर्दा नै आफुलाई अग्लो देखाउनको लागि हरेक प्रयास गर्छन् ।

तर थोरै मात्र ध्यान दिएमा होचो मानिस पनि स्टाइलिस देखिन सकिन्छ । गलत तरिकासँग कपडा लगाउँदा पर्फेक्ट देखिदैन् । स्टाइल एक्सपर्ट र फेसन डिजाइनरको अनुसार रङ र स्टाइलिस कपडा सहि तरिकाले लगाउँदा होचो मानिस पनि अग्लो देखिन सकिन्छ ।

उचाई कम भए हेयर स्टाइलबाट उचाई अग्लो देखाउन सकिन्छ । कपाललाई माथि उठाएर बाँध्दा अग्लो देखिन्छ । उचाई कम छ भने हाई हिल लगाउँदा अग्लो देखिन्छ । सुन्दर र आकर्षक देखिनको लागि हाई हिल जुत्ता लगाउन सकिन्छ ।

पातलो, अग्लो र सुन्दर देख्नको लागि होचो महिलाहरुले डार्क र सिंगल कलरको कपडा लगाउनुपर्छ । मल्टिकलरको कपडाले शरिर मोटो र भद्दा देखिन्छ । भर्टिकल्स लाइन भएको कपडा लगाउँदा अग्लो देखिन्छ । यस्तो प्याटर्न भएको कपडा लगाउँदा चौडाईमा भन्दा लम्बाइमा फोकस हुन्छ ।

शरीर मोटो भएकाहरुले धेरै लुज र धेरै फिटिङ कपडा लगाउनबाट बच्नुपर्छ । धेरै लुज कपडा लगाउँदा होचो र मोटो देखिन्छ । यदि शरिर मोटो छ भने ठूला ठूला प्रिन्ट भएको कपडा नलगाउनुहोस् । यस्ता कपडा लगाउँदा शरिर मोटो र होचो देखिन्छ । होचो हाइट भएकाहरुले हाइनेक लगाउनबाट पनि बच्नुपर्छ ।

[sidebar name="button post"]