के तपाइँ सुन्दर छाला र बलियो केश बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

हामीले आफुलाई सुन्दर बनाउनका लागि विभिन्न उपायहरु अपनाउने गर्छौं। आफुलाई स्मार्ट, सुन्दर तथा जवान राखिरहनका लागि जतिसुुकै खर्च गर्न पनि हामी पछि पर्दैनौं। तर जति नै मिहिनेत गरे पनि, जति नै पैसा खर्च गरे पनि स–साना कुरामा ध्यान नदिँदा हामीले गरेको मिहिनेत, समय तथा लगानीले परिणम दिइरहेको हुँदैन । त्यती मात्रै नभएर सानो कुरामा होस नपुर्याउँदा पनि हाम्रो केश तथा छालामा नकारात्मक प्रभाव परिरहेको पाइन्छ । त्यसैले आफ्नो दैनिक जिवनमा केही कुराहरु विशेष ध्यान दिनुपर्छ ।

दैनिक रुपमा साबुनको प्रयोग :
हरेक दिन साबुनको प्रयोग गर्ने बानी छ भने त्यसलाई त्याग्नुपर्छ । अनुहारमा अत्याधिक साबुनको प्रयोगले छाला सुख्खा हुन्छ । यसले छालाको प्राकृतिक तैलिय पदार्थमा समेत प्रभाव पर्छ । त्यसबाहेक बेसन र दहीको प्रयोग पनि निकै सुरक्षित मानिन्छ ।

धेरै समयसम्म नुहाउनु हुँदैन :
जाडोमा तातो पानीले र गर्मीमा चिसो पानीले नुहाउँदा रमाइलो लाग्छ । यसबाहेक नुहाउनाले थकाई पनि कम हुन्छ । तर, त्यसो हुन्छ भन्दैमा लामो समयसम्म नुहाउनु हुँदैन । धेरै समय लगाएर नुहाउँदा शरीरबाट निस्कने प्राकृतिक तेलमा नकारात्मक प्रभाव पर्छ भने छालाले आफ्नो स्वभाविक नरमपना समेत गुमाउँछ । त्यसैले धेरै बेरसम्म नुहाउँनु हुँदैन।

राम्ररी पखाल्नुपर्छ :
शरीरमा साबुन तथा केशमा स्याम्फु लगाए पछि राम्ररी पखाल्नुपर्छ । यदि त्यसरी स्याम्फु तथा साबुन पखालिएन भने त्यो हानिकारक हुन्छ । राम्ररी नपखाल्दा छालामा विभिन्न किसिमका रोगहरु आउन सक्छ। केशबाट स्याम्पू राम्ररी सफा भएन भने त्यसले टाउको छालालाई प्रभाव पर्छ । टाउकोको रोम छिद्र बन्द भएपछि केश कमजोर हुन्छ । जसले गर्दा केश झर्न समस्या हुन्छ ।

तातो पानीको प्रयोग नगर्न :
प्राय:गरी हामी जाडो मौसममा तातो पानीले नुहाउँने गर्छौं। तर कतिपयले गर्मी मौसममा पनि तातो पानीले नुहाउँने गर्दछन् । यस्तो बानीले छाला र केशलाई नकारात्मक प्रभाव पर्छ । जसबाट केश तथा छाला सुख्खा र रुखो भएर जान्छ । जाडो महिनामा तातो पानीले भन्दा मन तातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ ।

[sidebar name="button post"]