Ad #144479

महिनावारी भनेको शरीरमा भएको फोहोर (अशुद्ध) रगत निस्कने एक मासिक च्रक हो । यो एक प्राकुतिक प्रकिया हो जुन महिलाहरुमा हुने गर्दछ । महिनावारीको समयमा कपाल नुहाउदाँ विभिन्न समस्या देखिने एक अध्ययनले जनाएको छ ।

शरीरका सबै अशुद्ध रगत बाहिरिँदैन

महिनावारीको समयमा शरीरमा भएको अशुद्ध रगत सबै बाहिरनु आवश्यक हुन्छ । यदि फोहोर रगत बाहिरिएन भने पछि यो नै समस्या बन्न सक्छ । यदि शरीर चिसो भयो भने गर्भाशयमा रगत थेग्ला बनेर अड्किने हुन्छ । तसर्थ शरीरमा भएको फोहोर रगत बाहिरिनुका लागि शरीर तातो हुनु जरुरी हुन्छ । चिकित्सकको अनुसार महिनावारी भएको सुरुको दिन कपाल नुहाउन नहुने तर महिनावारीको अन्तिम दिन भने कपाल नुहाउँदा केहि नहुने बताएका छन् ।

तातो पानीको प्रयोग :

कहिलेकाँही महिनावारीको समयमा नुहाउँनै पर्ने बाध्यता पनि हुन सक्छ । यदि यस्तो समस्या आएमा तातो पानीको प्रयोग गर्ने गर्नुपर्दछ । किनकि तातो पानीको प्रयोगले महिनावारीमा हुने पीडा कम हुन्छ । तातो पानीले रक्तसञ्चारलाई सहज बनाउँछ ।

अन्य शारीरिक समस्या पनि हुन सक्छ :

महिनावारीको समयमा कपाल नुहाउनाले शरीरमा संक्रमण हुने, पेट दुख्ने हुनुका साथ साथै शरीरमा भएको फोहोर रगत बाहिरिएन भने अन्य विकार पनि उत्पन्न हुन सक्छ । तर यो समयमा कपाल ननुहाउने हो भने यो समस्याबाट छुट्कारा पाउँन सकिन्छ ।