हरेक मान्छेको वर्षमा एकदिन जन्मदिन पर्छ । प्राय सबैले कुनै न कुनै माध्यमबाट जन्मदिन अर्थात् ‘बर्थ डे सेलिब्रेसन’ गर्छन् । कसैले तिथिको आधारमा जन्मदिन मनाउँछन्, त कसैले तारिखको आधारमा त कसैले जन्ममिति अर्थात् गतेको आधारमा जन्मदिन मनाउँछन् । जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ।
जन्मदिन मनाउँदै गर्दा केहि गर्न नहुने कामहरु पनि छन् । के हुन् त ति काम जुन जन्मदिनको दिन गर्नुहुँदैन ?
हामीमध्ये प्राय:जसोले जन्मदिनको दिन इष्टमित्र, साथीभाई बोलाएर खुसियाली आदानप्रदान गर्छौं । पार्टी गर्छौं । यो त ठिक हो तर त्यसबखत हामीले गर्ने नहुने काम पनि गरिरहेका हुन्छौँ। यस्ता कामहरु जुन गर्दा तपाइँले जीवनमा धेरै कष्ट व्यहोर्नुपर्ने हुन्छ ।लोकपथले जन्मदिनको दिन के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्नेबारे केहि जानकारी संकलन गरी यहाँ प्रस्तुत गरेको छ ।
१. नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने काम नगर्नुहोस् :
आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो भनि ज्योतिष शास्त्रमा लेखिएको छ। तसर्थ यस्तो काम अर्को दिन गर्दा राम्रो हुन्छ ।
२. हत्या हिंसा गर्नु हुँदैन :
जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेष जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठूलो भुल हो । जतिसुकै पूजा पाठ गर्नुहोस् धर्मकर्म गर्नुहोस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जीवनमा ठूलो उन्नतिको अपेक्षा राख्दै नराख्नुहोस् । जीवनमा धेरै उतारचढावहरु आईनै रहन्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो । सकेसम्म अन्य दिनमा पनि यस्तो कर्म नगर्दा राम्रो हुन्छ तर जन्मदिनको दिनमा चाहीँ भुलेर पनि यो गल्ति नगर्नुहोस् ।
३. मांसाहारी भोजन नगर्ने :
जन्मदिनको दिन तामसी र राजसी भोजन माछा, मासु, अण्डा, वियर र रक्सि सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदै जान्छ । शनि ग्रह बिग्रदै जानु भनेको तपाइँको भाग्य बिग्रदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ती नगर्नुहोस् ।
४. तितो वचन नगर्नुहोस् :
जन्मदिनको दिन कसैलाई पनि तितो वचन नगर्नुहोस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुहोस् । कसैसँग पनि वादविवाद र झगडा नगर्नुहोस् । सुमधुर बोल्ने प्रयत्न गर्नुहोस् । सकेसम्म त सधै नै सुमुधुर वचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।











