बालबालिकाहरुको शारीरिक र मानसिक विकासका लागि आवश्यक पौष्टिक खानाको बिषयमा ध्यान पु¥याउनु पर्छ । उनीहरुको दैनिक खाने आहारमा क्याल्सियम, प्रोटिन, क्यालोरीलगायत सबै चाहिने पोषक तत्व ठिक्क मात्रामा हुनुपर्छ ।
साना बच्चाहरुलाई के खुवाउने ? कसरी खुवाउने ? भन्ने काम सजिलो भने पक्कै हुँदैन । बलबालिकाको दैनिक खानामा दूध, ध्यु, पनिर, दही, चिज, स्याउ, केरा, मेवा लगायतका कुनै एक मौसमी फल, अण्डा, मासु तथा माछा र ड्राइ फ्रुट्समा हाडे बदाम, किसमिस, छोगडा र ओखर समावेश गर्नुहोस् ।
बच्चा होस् वा वयस्क अत्यधिक खानु कसैका लागि पनि उपयुक्त हुँदैन । बच्चाको खाना खाने समयमा कम्तिमा तीनदेखी पाँच घण्टाको फरक हुनुपर्छ । बालबालिकाहरु खाना खाएपछि बिचबिचमा लाग्ने साना भोकलाई हटाउनका लागि उनीहरुलाई स्वस्थ खाजा खुवाउनु पर्छ ।
अमेरिकी हार्ट एसोसिएसनका अनुसार चार देखी पाँच बर्षसम्मका उमेर समूहका बालबालिकाका लागि दैनिक १२ सयदेखी १४ सय क्यालरी, २५ देखी ३० प्रतिशत फ्याट, ८५ देखी एक सय १५ मिलिग्राम मासु वा गेडागुडी, एकदेखी २.५ कप फलफूल, तरकारी, एक सय १५ देखी एक सय ४० मिलिग्राम अन्न र डाक्टरको सल्लाह अनुसार दुग्ध पदार्थको सेवन गराउनुपर्छ ।
रात वा साँझको समयमा बच्चालाई फलफूल वा जुसको सेवन गर्न दिनु हुँदैन । यसले उनीहरुमा कफको समस्या ल्याउँछ। खेल्ने क्रममा बच्चाहरुको पानी पिउन बिर्सने बानी हुन्छ । त्यसकारण हरेक दुई देखी तीन घण्टामा बच्चालाई पानी, तरल पदार्थ वा सुपको सेवन गराईरहनु पर्छ । राती सुत्ने समयमा एक गिलास दुधको सेवन गराउन सकिन्छ । धेरै गुलियो खाने कुराहरु सेवन गर्न दिन हुँदैन, जसले गर्दा बच्चाहरुको दाँतमा समस्या हुने गर्दछ ।











