Ad #144479

यौन सम्बन्धका लागि मानसिक तथा शरीरिक रुपले दुबैको समान सहभागी हुनुपर्छ । यौन सम्बन्ध तब मात्र आनन्ददायक हुन्छ, जब दुबै पार्टनर त्यसका निम्ति तयार हुन्छन्। तर कुनै बेलाबखत पति र पत्नीमध्ये एक जनामा यौनइच्छा नहुन पनि सक्छ । यस्तो अवस्थामा पार्टनरले जबरजस्ती गर्दा उनीहरुबीचमा मनमुटाव हुन सक्छ । खासगरी महिलाहरु यौन सम्पर्कका लागि त्यती रुची राख्दैनन् ।

यसको पछाडि केहि कारण रहेकाछन्। जस्तो कि, महिलामा हुने हर्मोनको परिवर्तनले पनि उनीहरुमा यौनइच्छा घट्न सक्छ । त्यसबाहेक केहि यस्ता आनीबानी हुन्छ, जसले यौन जीवनमा तगारो हाल्छ । जस्तै :

निन्द्रा पूरा नहुनु :
महिलाहरु बढी घरको कामकाजमा व्यस्त रहन्छन् । त्यही कारण उनीहरु आफ्नै लागि समय पाउँदैनन् । घरधन्दाको चटारोले गर्दा पनि उनीहरु राम्ररी निदाउन पाउँदैनन् । त्यसैले उनीहरुमा शरीरिक सम्बन्ध बनाउने इच्छा मर्दै जान्छ ।

शरीर तन्दुरुस्त नहुनु :
शरीर स्वास्थ्य र तन्दुरुस्त छ भने, यौन सम्बन्ध सक्रिय रुपमा स्थापित गर्न सकिन्छ । यौन सम्पर्कका लागि शरीरिक रुपमा पनि तन्दुरुस्त हुनु आवश्य छ । यसका लागि व्यायम गर्नुपर्छ, यसले शरीरमा हर्मोन प्रवाह गराउन मद्धत गर्दछ। जसले भित्रैबाट खुसी उत्पन्न हुन्छ ।

डिहाइड्रेशन :
डिहाइड्रेशनले पनि यौन इच्छामा कमी ल्याउँछ । पर्याप्त पानी र झोलयुक्त पदार्थको कमीले शरीरमा डिहाइड्रेसन हुन्छ । त्यसैले यौन जीवन सक्रिय बनाउनका लागि पानी पनि पर्याप्त पिउनु आवश्यक हुन्छ ।

अस्वस्थ्यकर खानपान :
प्राय: जसो मान्छेहरुले भोक मेट्नका लागि छिटो छरितो रुपमा बजारमा पाईने अस्वस्थ्यकर खानेकुराहरु खाइन्छ । अहिले धेरैलाई जंकफूडको लत लागेको छ । यसले पनि यौन जीवनमा असर गर्छ ।