चाउरीपना र दाग हटाउन अण्डाबाट यसरी बनाउनुहोस् फेसप्याक

अण्डा तपाइँको शरीरका लागि मात्रै नभई तपाइँको छाला, कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । अण्डामा भएको सेतो भाग मिनेरल्स, भिटामिन र प्रोटिनले भरपुर हुन्छ र छालालाई बेदाग बनाएर सुन्दरता बढाउने काम गर्छ । यसरी नै अण्डाको सेतो भागले कसरी फाइदा पुर्याउँछ र यसको फेस प्याक कसरी बनाउन सकिन्छ भनेर जानकारी दिँदै छौं ।

एन्टि एजिङ फेस प्याक :
अण्डाको सेता भागको प्रयोग एन्टी एजिङ ट्रीटमेन्टको रुपमा पनि गर्न सकिन्छ । यसका लागि अण्डाको सेतो भाग लिनुहोस् । पहिला कोट छालामा लगाइसकेपछि माथिबाट टिस्यू पेपर टाँस्नुहोस् । यो कक्रक्क भएपछि सफा पानीले धुनुहोस् । यसले छालालाई कसिलो बनाउनुका साथै चाउरी हुनबाट पनि बचाउँछ ।

बेदाग छालाका लागि फेस प्याक :
अनुहारको दाग धब्बा हटाउनका लागि एक चम्चा अण्डाको सेतो भागमा एक चम्चा चिनि र एक चम्चा कर्न स्टार्च मिसाउनुहोस् । यसले तपाइँको अनुहारबाट ब्ल्याकहेड्स हटाउनका साथै दाग पनि हटाउँछ । यदि तपाइँहरुको छाला चिलो छ भने यसमा एक चम्चा कागतीको रस र मह पनि मिसाउन सक्नुहुन्छ । जसबाट अनुहार सफा देखिन्छ ।

[sidebar name="button post"]