हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो निद्रा र सुताइ । सामान्यतया हामी कतिपयले सुत्दा सामान्य कुराहरूमा ख्याल गरिरहेका हुन्नाैं । हाम्राे बाजे बराजुले भनेका कुराहरू अन्धविश्वास भनेर पनि बेवास्ता गर्छाै तर त्यसकाे कारण खाेजी गर्दैनाै । निद्रा लिनु वा सयन गर्नु मानिस मात्र होइन जनावर र रुख विरुवाको समेत प्राकृतिक स्वभाव हो ।
हामी दिनभरी काम गरेपछि थाक्छौं । हाम्रो शरीरको उर्जा पनि कम हुँदै जान्छ । यसका लागि आरामको आवश्यकता हुन्छ । हाम्रो शरीरलाई आराम दिनका लागि हामी सुत्छौं । सुत्नु सामान्य क्रिया भएपनि यसको नियम छ । सुत्नुका बारेमा शास्त्रहरुमा पनि नियमहरु उल्लेख गरिएको छ । हामी सुत्दा हाम्रो खुट्टा दक्षिण दिशा तर्फ फर्केको छ भने त्यसलाई अशुभ मानिन्छ । यसको अर्थ हामी सिरानी कहिल्यै पनि उत्तर तर्फ पार्नु हुँदैन ।
सिरानी कुन दिशामा पार्ने ?
सके सम्म पूर्व वा दक्षिण दिशामा शिर राखेर सुत्नु पर्छ । यी दिशामा सिरानी राख्दा दीर्घायु हुने र स्वास्थ रहन सकिने शास्त्रमा उल्लेख छ ।
यसको विपरित उत्तरमा सिरानी गरेर सुतेमा स्वास्थ्यमा समस्या आउने र अशुभ हुने मानिन्छ ।
सुताइले पुन: र्ताजगीको अनुभव गराउँछ र पुनः काम गर्न सकिन्छ । रात्रिको भोजनपछि तत्काल सुत्नु हुँदैन । सुत्नु अघि अर्को दिनका लागि कामको योजना बनाउनु उत्तम हुन्छ । दिशा पिसाव आएमा गरेर मात्र सुत्नु पर्छ । दिशा पिसाव च्याँपेर सुत्नु स्वास्थको लागि घातक हुन्छ ।
सुत्दा जहिले पनि दक्षिण वा पूर्व तर्फ शिर राखेर र बायाँ पट्टी कोख फर्किएर सुत्नु पर्छ । सुत्नु अघि मन पर्ने संगीत पनि सुन्न सकिन्छ । यसले मनको तनाव कम गर्छ । सूर्योदय भन्दा पहिला नै जागिसक्नु राम्रो मानिन्छ ।
कता पट्टि फर्किएर सुत्ने ?
बायाँ कोख फर्किएर सुत्दा पाचन प्रणालीमा सहजता हुन्छ । यसो गर्दा नाकको बायाँ प्वालबाट स्वास प्रश्वास प्रक्रिया चल्छ र यसले पाचनका लागि आवश्यक पर्ने उष्णता अर्थात ताप पैदा गर्छ ।











