समान्यतया मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । मेथी गुणकारी खानेकुरा हो । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ । यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ ।
मधुमेह नियन्त्रण :
मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । यसमा हुने एमिनो एसिडले मधुमेह लागेका बिरामीहरुको शरीरमा इन्सुलिनको उत्पादन बढाउँछ ।
महिनावारी गडबढी :
उमारेको मेथीले महिनावारी अनियमित हुने समस्यामा निकै फाइदा गर्छ । यसले महिनावारीको समयमा हुने दुखाई, ऐठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्धत गर्छ ।
स्तानपान :
स्तानपान गराइरहने महिलाले दूधको मात्रा बढाउन मेथीका सेवन गर्नु राम्रो मानिन्छ । यसमा आइरन ,क्याल्सियम, फाइबर, प्रोटीन जस्ता तत्वहरु पाइन्छ ।
मोटोपन घटाउन :
यसमा ग्लालेक्टोम्यानन नामक पोलिसाक्साइड हुन्छ । जसले भोकलाई नियन्त्रण गर्छ । बिहान उठ्नेवित्तिकै टुसा उमारेको मेथी खाने र रातिको खाना खानुभन्दा ३० मिनेट अगाडि यसको सेवनले तौल नियन्त्रण हुन्छ ।
पेटका लागि फाइदाजनक :
यसमा ७५ प्रतिशत फाइबर हुन्छ । जसले गर्दा पाचन प्रकिया सहज हुन्छ । यसले पेटमा ग्यास्ट्रोइटेस्टाइनल प्रणालीलाई पनि सही बनाउँछ । जसले पाचन प्रक्रिया सही तरिकाले काम गर्न थाल्छ ।
मुटु स्वस्थ राख्ने :
यसले कालेस्ट्राल मात्रा नियन्त्रण गर्छ । रगतमा ट्राइग्लिसराइड्स नामक फ्याट कम गराउँछ । यसले मुटु रोग मात्र होइन हृदयघातको खतराबाट पनि बचाउँछ ।
आमाशय :
यसमा स्यापोनिन नामक तत्व हुन्छ । यसले आमाशयलाई सुरक्षा कवचको रुपमा काम गर्छ । यसले हानिकारक ब्याक्टेरियालाई मार्ने र पेट फुल्ने, ग्यास जम्मा हुने जस्ता समस्याबाट राहत दिलाउँछ ।
ज्वरो :
२ चम्चा टुसा पलाएको मेथीमा मह कागती मिसाएर खाँदा ज्वरोमा फाइदा पुग्छ । यसले ब्याक्टेरियल इन्फेक्शनबाट पनि बचाउँछ ।
क्यान्सर :
हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण बिकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ ।











