गर्मी मौसम सुरु हुँदै गएको छ । यो समयमा मानिसहरुको शरीरमा पानीको मात्रा बढी आवश्यक पर्छ । पानीकोसाथै उखु लगायतका जुस पनि धेरै खाने गरिन्छ । गमीमा उखुको जुस स्वादको लागि मात्रै नभएर शरीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ ।
विशेषगरी नेपालको तराई भेगतिर उखुको जुुस धेरै खाने गरिन्छ । यसले एनिमिया, जण्डिस जस्ता रोगलाई निको पार्न सहयोग गर्दछ । उखुमा मिनेरल, भिटामिन र एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाउने गरिन्छ ।यस्ता छन् उखुको जुसका फाइदाहरु ।
डण्डीफोरबाट मुक्ति :
नियमित उखुको जुस पिउनाले डण्डीफोर ठीक हुने गर्छ । उखुको रस निकालेको डाँठलाई २० मिनेटसम्म मास्कको रुपमा पनि लगाउन सकिन्छ। हप्तामा एकदिन यस्तो मास्क लगाउन सकिन्छ ।
शरीरमा शक्ति प्रदान गर्नेको लागि :
उखुको जुसले शरीरमा शक्ति प्रदान गर्ने एंवम मान्छेलाई सधैं फ्रेस राख्न सहयोग गर्ने गर्छ ।
कमलपितबाट कम गर्छ :
दैनिक २ गिलास उखुको जुसमा कागती वा नुन मिसाएर पिउनाले कमलपित ठीक हुन्छ ।
मधुमेह कम गर्नु :
यदि तपाइँ मधुमेहको शिकार बन्नु भएको छ भने पनि उखुको जुस पिउन सक्नुहुन्छ । यसले शरीरमा ग्लुकोजको तहलाई सन्तुलित गराउने काम गर्छ ।
वान्ता रोक्न :
गर्मीमा उखुको जुस पिउनाले वान्ता रोक्न मद्धत गर्ने गर्छ । एक गिलास उखुको रसमा २ चम्चा मह राखेर खाँदा गर्मीमा हुने वान्ता रोक्न मद्धत गर्ने गर्छ ।
पिसाब पोल्ने समस्याको समाधान :
उखुको जुसले गर्मीमा पिसाब पोल्ने समस्यालाई समाधान गर्ने गर्छ । साथै मूत्रसम्बन्धि समस्या पनि समाधान गर्ने गर्छ ।
वजन नियन्त्रण गर्न :
यसको स्वाद गुलियो हुनुका बाबजुद पनि यसले वजन नियन्त्रणको भूमिका खेल्ने गर्छ । यसले हाम्रो शरीरबाट खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्धत गर्ने गर्छ । यो घुलनशील फाइबरबाट भरिएको हुन्छ । जसले वजन कम गर्न मद्धत गर्छ।











