Ad #144479

अधिकांश मानिसहरुको पेट बढ्ने समस्याहरु बढी देखिन्छ । बिशेषगरी विवाहित महिलाहरुमा यो समस्या अत्याधिक पाइन्छ। जिम जाँदा पनि कतिपयको पेट घटाउन मुश्किल पर्छ । धेरै जसो ४० बर्ष कटेका महिलाहरुलाई त झनै पेट लागेको बोसो घटाउने गाह्रो हुन्छ ।

किन हुन्छ त पेट घटाउन मुश्किल ?
४० वर्ष कटेपछि महिलाहरुको शरीरका मांसपेशीहरु कमजोर हुन्छन् । साथै उमेर बढेसँगै मेटाबोलिजम कमजोर भइदिन्छ, जसले बोसो पगाल्ने काम गर्न सक्दैन ।

महिनावारी , विवाह, गर्भधान, मेनोपोज जस्ता कारणहरुले हर्माेन परिवर्तन ल्याइदिन्छ । जसले गर्दा शरीरका केही अङ्गहरुमा कडा खालको बोसो जम्मा हुन्छ ।

टेस्टोस्टेरोन र एस्ट्रोजनको स्तरमा काम हुने कारण महिलाहरुको शरीरमा कडा बोसो जम्मा भइदिन्छ ।

पेटको बोसो घटाउन किन जरुरी छ ?

शरीरका अन्य भागको तुलनामा पेटमा जम्मा हुने बोसो खतरनाक हुन्छ । पेटमा जम्मा हुने बोसोले सास फेर्न समस्या, मुटु रोग, मधुमेह, उच्च रक्तचाप जस्ता समस्या निम्त्याउँछ ।

किन बढ्छ विवाहपछि तौल ?

अनुसन्धानका अनुसार विवाहपछि ५ बर्षमा ८२ प्रतिशत महिलाहरुको तौल ७ देखी १० केजीसम्म बढ्छ । शरीरका केही खास अङ्गहरु स्तन, हिप र पेटमा बोसो जम्मा हुन थाल्छ । खानपान, जिवनशैली, हर्मोनमा आउने परिवर्तन, तनाव, बढ्दो उमेर, गर्भधान जस्ता कुराले महिलामा तौल बढ्ने गर्छ ।