Ad #144479

युवकहरुलाइ युवतीहरुको बारेमा सँधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेष गरि जुन युवतीलाइ उसले मन पराएको छ, वा जो प्रति आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन् । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ ।

अफिस वा कलेजमा जब कुनै नयाँ युवती आउँछिन्, तब युवकहरु उनको रिलेशन स्टाटस जान्न हतारिन्छन् । युवकहरुमा युवतीको विषयलाई लिएर धेरै कुरा जान्ने हतारो हुन्छ । केही त्यस्ता उत्सुकताबारे यहाँ बताईएको छ ।

१. उनलाई मन पराउने कोही युवक त छैनन् र उनका पुरुष साथी कति छन्। यो कुराबाट उनको व्यवहारको अन्दाज लगाउँछन् । कतिपय समयमा यो चासो शंका हटाउनका लागि पनि लिइन्छ ।

२. कुनै पनि युवतीसँग सम्बन्ध जोड्नुअघि युवकहरु उनी कोहीसँग प्रेम सम्बन्धमा त छैनन् भन्ने कुरा जान्न उत्सुक हुन्छन् । पहिले कोहीसँग सम्बन्ध पो थियो कि भन्नेबारे नि चिन्तित हुन्छन्।

३. साथै युवकहरु उनी आफ्नो साथीहरुको बीचमा कत्तिको घुलमिल हुन्छिन् । साथीहरुसँग उनको व्यवहार कस्तो छ । गफगाफ र अन्य कुरामा कत्तिको पोख्त छिन् भन्ने कुरामा पनि चासो राख्ने गरेको पाइन्छ ।

४. उनी आफूप्रति कत्तिको बफादार छिन्, कत्तिको माया गर्छिन् भन्ने कुराको उत्सुकता पनि युवकहरुमा हुने गर्छ । खासगरी आफ्नी प्रेमिकाको आँखामा आफ्नो महत्व देख्ने चाहना युवकहरुमा हुन्छ ।

५. युवकहरु हमेशा यो कुरा जान्न चाहन्छन् कि उनी आफूप्रति कत्तिको गम्भीर छिन् । साथै सेक्सलाई लिएर उनको धारणा कस्तो छ । त्यसबारे केही जान्दछिन् कि जान्दिनन् । उनका इच्छा आकांक्षा कस्ता छन् । युवकहरु यस्ता कुराहरुमा बिशेष चासो राख्दछन् ।