Ad #144479

ज्योतीष शास्त्र अनुसार सासु-बुहारीको नाता आमा छोरी जस्तै हुने गर्दछ । तर कतिपय परिवारमा भने सासु र बुहारीको नाता सोचे जति राम्रो बनिदिँदैन । यद्यपि समझदारी र प्रेमबाट सासु-बुहारीको सम्बन्धलाई राम्रो बनाउन सकिन्छ ।

यस्ता छन् सासु बुहारीको सम्बन्ध सुमधुर बनाउने उपायहरु :

– सासु बुहारीबीचको मित्रता बढ्दै गयो भने सम्बन्ध सुमधुर हुन्छ र परिवारमा शान्ति हुन्छ । बुहारीले सासु आफ्नी आमा हुन भन्ने भावना मनमा राख्नुपर्छ ।
– यदि दुबैले सम्बन्ध राम्रो बनाउन घाँटीमा चाँदीको चेन लगाउनु पर्दछ । दुबैले एकअर्कालाई सेतो वस्तु आदानप्रदान गरिराख्दा पनि सम्बन्धमा मिठास आउँछ ।
– सासु–बुहारीको सम्बन्धलाई मजबुत बनाउन एक–अर्कालाई सम्मान गर्नुपर्छ । सासुसँग सल्लाह लिएर काम गर्दा सम्बन्ध अझै राम्रो हुन्छ । सासुलाई आफ्ना अनुभवहरु सेयर गर्ने वातावरण बनाइदिनुपर्छ ।
– सासुले बुहारीलाई आफ्नो छोरी जसरी व्यवहार गर्ने र बुहारीले पनि सासुलाई आफ्नो आमाको जसरी मायाँ गरेमा सम्बन्ध आफैँ सुमधुर बन्छ ।
– सासु घरकी अभिभावक हुने हुँदा उनको जीवनप्रतिको बुझाइ र भनाइलाई पनि ध्यान दिनुपर्छ ।
– एक अर्कामा राम्रो मेलमिलाप होस् त्यसका लागि, सूर्योदय भन्दा पहिला घर बडार्ने र घरलाई सफा राख्ने गनुपर्दछ ।
– साथै सबैभन्दा महत्वपूर्ण कुरा भनेको सासुले बुहारीलाई आफ्नो छोरी जसरी व्यवहार गर्ने र बुहारीले पनि सासुलाई आफ्नो आमाको जसरी मायाँ गरेमा सम्बन्ध आफैँ सुमधुर बन्छ ।