Ad #144479

टन्न खाना खाएपनि छिनछिनमा भोक लागिरहेको हुन्छ । भोक लाग्नु राम्रै हो तर आवश्यकताभन्दा बढी भोक लाग्नुमा कुनै रोग कारण हुनसक्छ । खाना आएपछि पेट खाली भएको लाग्यो भने यो समस्यालाई बेवास्ता गर्नु हुन्न । बारम्बार भोग लाग्नुको मुख्य कारणहरु यस्तो रहेका छन् ।

क्यालोरीको कमि :
शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहार जरूरी हुन्छ । कम क्यालोरीयुक्त भोजनले छिट्टो भोक लगाउँछ । जतिखेर पनि खाना नखाएको अनुभव हुन्छ । त्यसैले क्यालोरीले भरपूर खानेकुरा खानुस् ।

प्रोटीन र फाइबरको कमि :
भोजनमा प्रोटीन र फाइबर सही मात्रामा हुनुपर्छ । खानामा यसको कमी भएमा व्यक्तिको पेट भरिन्न र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । प्रोटीन र फाइबरयुक्त खानेकुरा खाँदा पेट भरिएजस्तो हुन्छ ।

अधूरो निद्रा :
प्रत्येक व्यक्तिले कम्तीमा आठ घन्टा सुत्नुपर्छ । यसो गर्दा व्यक्ति ऊर्जाशील हुन्छ । पूरा निद्रा लिँदा पेट ठीक रहन्छ र बारम्बार भोक लाग्दैन ।

हतारिएर खानु :
छिटो–छिटो खानेहरूलाई पनि निरन्तर भोक लाग्ने समस्याले सताउँछ। खाना बिस्तारै चपाई–चपाई खानुपर्छ। यसो गर्दा खाना पेटमा राम्ररी पच्छ र त्यसमा भएका पोषक तत्व‍ले शरीरलाई ऊर्जावान् बनाउँछ।

बिहान खाजा नखानु :
बिहानको खाजामा प्रोटिनयुक्त खाद्य पदार्थ छैन भने पनि बारम्बार भोक लागिराख्छ।

पर्याप्त पानी नखानु :
पानी भोक शान्त गर्ने एकदमै राम्रो साधन हो। पर्याप्त मात्रामा पानी नपाउँदा शरीर डिहाइड्रेटेड हुन्छ। कतिपय मानिस शरीर डिहाइड्रेटेड भएको बुझ्दैनन् र बढी खानेकुरा खान्छन्।

अन्य समस्याहरु :
यदि माथिका कुराहरु पालना गर्दा पनि बारम्बार भोक लाग्ने समस्या हटेन भने एक पटक डाक्टरलाई भेट्नु राम्रो हुन्छ । कुनै रोगले गर्दा यस्तो भइरहेको हुन सक्छ । कतिपय अवस्थामा मधुमेह जस्ता रोगहरुको सुरुवाति चरणमा पनि भोक लागिरहने समस्या हुन्छ ।