Ad #144479

प्रेम सम्बन्ध टुटेपछि सबैको मन पनि टुट्छ, मन आत्तिन्छ, के गरौं, कसो गरौँ हुन्छ । अनि निन्द्रा, भोक र प्यास नै हराउँछ । मानिस ब्रेकअप पछि पागल सहर भईदिन्छ । तर जीवन सधैं यसरी त चल्दैन । ब्रेकअपका कारण आइपर्ने यस्तो अवस्थाबाट कसरी मुक्त हुने भनेर सोच्नै पर्ने हुन्छ । तपाइँलाई हामी केही सल्लाह दिँदैछौं । प्रेममा भोग्नुपरेको शोकलाई शक्तिमा बदल्न यी ८ उपाय अपनाउनु भयो भने जीवनमा नयाँ पालुवा पलाउने छ ।

१. जे भयो सो भयो भनेर ब्रेकअपलाई सहजै लिनुहोस्।
२. ब्रेकअपको चोटबाट कसरी भुल्ने भनेर चिन्तित नहुनुहोस्।
३. भूपू प्रेमी प्रेमिकाका बारेमा राम्रो सोच्नुहोस्।
४. तपाइँ को हो भनेर पत्ता लगाउनुहोस्। आफ्नो बारेमा सोच्नुहोस्।
५. साथीहरुसँग समय बिताउनुहोस् ।
६. आफ्ना रुचितिर पुन: फर्कनुहोस्।
७. सक्रिय हुनुहोस्।
८. आफ्नो जीवन कति मूल्यवान छ भनेर पत्ता लगाउनुहोस्।