Ad #144479

जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । अझ भन्नु पर्दा त प्राय मानिसले घिरौला मन पराएको पाइँदैन। बालबालिकाको कुरा गर्नु पर्दा सोयाबिन र आलु अत्यन्तै मन पराउने तर घिरौला त हेर्दा पनि नहेर्ने गरेको पाइएको छ ।

यस्ता छन् घिरौलाका फाइदा :

१. शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।
२. रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।
३. जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ ।
४. चिल्लो पदार्थ तथा कोलेस्टेरोलको मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।
५. पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।
६. यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्धत गर्छ ।
७. यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्धत गर्छ ।
८. यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर आउनबाट बचाउँछ ।